काठमाडौं महानगरपालिकाको मेयरका लागि नेकपा (एमाले)बाट पाँचजनाको नाम सिफारिस भएको छ । बिहीबार बसेको महानगर कमिटीको बैठकले मेयरमा पाँचजनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको एक नेताले जानकारी दिए ।
ती नेताकाअनुसार मेयरमा विद्यासुन्दर शाक्य, केशव स्थापित, निर्मल देउला, इन्दिरा पन्त र रामवीर मानन्धरको नाम सिफारिस भएको छ ।
सिफारिस भएकामध्ये इन्दिरा पन्तका श्रीमान नेकपा (एकीकृत समाजवादी) बाट वाग्मती प्रदेशमा मन्त्री छन् । उनी वाग्मती प्रदेशका खानेपानी, ऊर्जा तथा सिचाइँ मन्त्री हुन् ।
उनकी पत्नी इन्दिरालाई भने एमालेले काठमाडौं महानगरको मेयरका लागि नाम सिफारिस गरेको हो । उनी एमालेको काठमाडौं जिल्ला कमिटी सदस्य हुन् । हाल उनी केन्द्रीय स्कुल विभागमा सदस्य रहेकी छन् ।



















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्