सरकारले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकत (सीईओ) डा. धनन्जय रेग्मीलाई निलम्बन गरेको छ । पदीय हैसियतको दुरुपयोग गरेको र आर्थिक अनियमिततामा मुछिएको आरोपमा रेग्मीलाई निलम्बन गर्ने निर्णय पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले गरेका हुन् ।सचिव न्यौपानेले पर्यटन बोर्डको अध्यक्षका हैसियतमा यस्तो निर्णय लिएको जानकारी आफूले पाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले जानकारी दिए ।
योगेश भट्टराई पर्यटनमन्त्री हुँदा रेग्मी बोर्डका नियुक्त भएका थिए ।



























































प्रतिक्रिया दिनुहोस्