मकवानपुरगढी गाउँपालिकामा ४ सय ३५ वटा योजना संझौता भएको छ । त्यस मध्यमा १ सय ३५ वटा योजना सम्पन्न भएको छ । गाउँपालिकाको कुल ५ सय ८ वटा योजनाहरु मध्ये हालसम्म ४ सय ३५ वटा अर्थात ८० प्रतिशत सम्झौता सम्पन्न भईसकेको अध्यक्ष बिदुर हुमागाईले जानकारी दिए ।
यस्तै हालसम्म करीब ३१ प्रतिशत अर्थात १ सय ३५ वटा योजनाहरु सम्पन्न नै भइसकेको जानकारी दिए । गाउँपालिकामा ठेक्का मार्फत सञ्चालन हुने कुल ८ वटा योजना मध्ये ६ वटा सम्झौता भइसकेको र २ वटा ठेक्का निकाल्न बाँकी रहेको बताईएको छ । अन्य स्थानीय तहजस्तै गढी गाउँपालिकामा पनि आन्तरिक स्रोतको अभावमायोजनाहरु कार्यान्वयनमा भने समस्या रहेको गाउँपालिका अध्यक्ष हुमागाईले जानकारी दिए । यस्तै बालमैत्री गाउँपालिका घोषणाको तयारी करीब अन्तिम चरणमा पुगेको समेत उहाँले बताए ।
सो क्रममा जिल्ल समन्वय समिति मकवापनुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी लगायतकाको अनुगमन टोलीले गाउँपालिकाका विभिन्न योजनाहरुको स्थलगत अनुगमन समेत गरेको थियो । अनुगमन टोलीले सामरी खोलामा निर्माण भएको र निर्माणाधिन ६० लाख, ३ करोड ५० लाख र १५ करोड लागतको तीनवटा पुल, ६ करोडको लागतमा निर्माणाधिन १५ शैयाको अस्पताल, गाउँपालिका, प्रदेश सरकार र सहकारीको साझेदारीमा सञ्चालित दाना उद्योग, पशुमैत्री पार्कलगायत योजनाहरुको अनुगमन तथा निरिक्षण गरेको थियो ।
अनुगमन टोलीमा जिसस सदस्य देवराज रिमाल, सिता अधिकारी, समन्वय अधिकारी आनन्दराज पोखरेल, नायबसुब्बा उपेन्द्रनाथ पोखरेल, जिसस प्रेस संयोजक बिवश अधिकारीलगायत गाउँपालिकाका कर्मचारीहरुको सहभागिता थियो ।

















































पालिका प्रेस 












प्रतिक्रिया दिनुहोस्