गुगल म्याप पछ्याउने हो भने मकवानपुरको बकैया गाउँपालिकाको एउटा वडा अर्कै जिल्लामा परेको छ । पालिकाको वडा नम्बर १ रौतहट जिल्लामा देखिन्छ । अध्यक्ष धर्मराज लामिछानेले गाउँपालिकाको वडा कार्यालयसहितको बस्ती नै अर्कै जिल्लामा पर्ने गुगल नक्सामा उल्लेख भएकाले तत्काल स्थानीय तहको पुनर्संरचना आवश्यक भएको बताए । उनका अनुसार गुगल नक्सामा बकैया गाउँपालिकाको वडा नं. १ को वडा कार्यालय र धेरै जसो बस्ती नै रौतहट जिल्लामा परेको देखिन्छ ।
जिपिएस नक्सामा सो क्षेत्रको स्थानीयको जग्गाको लालपुर्जा, स्थानीयको मतदाता नामावली भने बकैया गाउँपालिकाकै नाममा रहेको छ । सो क्षेत्रमा भौतिक पूर्वाधार स्वास्थ्य, शिक्षालगायतका काम बकैया गाउँपालिकाले गरेको छ ।
गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका सङ्घले यथाशीघ्र स्थानीय तहको वडा तथा सिमानासम्बन्धी विवादको समाधान गर्न सरकारलाई आग्रह गरेको छ । नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गानाले विगत लामो समयदेखि स्थानीय तहको संख्या, सिमाना र वडाको विवाद यथावत् रहँदा स्थानीय नागरिकलाई चरम समस्या हुँदै आएको प्रतिक्रिया दिए ।

















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्