विद्युत महशुलको वक्यौता रकम बढ्दै गए पछि नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले वक्यौता विद्युत महशुल अशुली गर्न लाईन काट्ने अभियान शुरु गरेको छ ।

६० दिन भन्दा बढी समयको महशुल नतिर्ने ग्राहक तथा उपभोक्ताको लाईन काट्ने व्यवस्था अनुसार वक्यौता महशुल बुझाउन विभिन्न माध्यमबाट सुचना गरी जानकारी गाईएको र सूचनालाई अटेर गरि महशुल नतिर्ने ग्राहकको लाईन काट्न शुरु गरिएको पालुङ वितरण केन्द्रका प्रमुख दिपेन्द्र बुढाथोकीले बताए ।

अभियान अन्तर्गत चालु आर्थिक वर्षमा पालुङ प्राधिकरणले १ सय ६८ ग्राहकको लाईन काटि रु.८० लाख वक्यौता अशुल गरिसकेको छ । १६ हजार ग्राहक रहेको पालुङ वितरण केन्द्रको रु २ करोड ६० लाख बक्यौता रहेको छ ।

वक्यौता रकम अशुलीको लागि टोली परिचालन भईरहेको र निरन्तर अभियान संचालन गरि ६० दिन भन्दा बढी समयको वक्यौता रहेका ग्राहकको लाईन काटि अशुल गरिने पनि पालुङ वितरण केन्द्रले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी