नेपाल हृदयरोग निवारण प्रतिष्ठान नेपाल थाहानगर इकाई समितिको तेस्रो साधारणसभा भएको छ । थाहा नगरपालिकाको थानाबजार स्थित गंगा होटलमा साधारणसभा भएको हो । प्रतिष्ठानका थाहानगर इकाई अध्यक्ष बिमलकुमार ढकालको अध्यक्षता तथा थाहा नगरप्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा थाहानगर उपप्रमुख भरत गोपाली, प्रतिष्ठानका मकवानपुर जिल्ला अध्यक्ष बिजयकुमार वैद्यको उपस्थिति रहेको थियो भने कार्यक्रममा ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख रुक्सा बज्राचार्य, पाण्डुकेश्वर क्षेत्र विकास समितिका अध्यक्ष जनक हमाल, दामन रेडक्रस सोसाइटीका पूर्वसभापति अरुण रायमाझी लगायतको अतिथिको उपस्थिति रहेको थियो । साधारणसभामा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर बिष्ट, थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाल, जनकल्याण माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक सानोभाइ कार्कीले शुभकामना मन्तव्य व्यक्त गरे ।

साधारणसभामा अध्यक्ष ढकालले प्रतिष्ठानको कार्य र भविष्यका योजनाको बारेमा जानकारी दिँदै संस्थाको समग्र प्रगतिको मार्गदर्शन गरे । प्रमुखअतिथि नगरप्रमुख बिष्टले प्रतिष्ठानको महत्वपूर्ण कार्यको सराहना गर्दै यसका कार्यक्रमलाई थप प्रोत्साहन प्रदान गर्ने प्रतिबद्धता जनाए । कार्यक्रमको संचालन थाहा नगरसचिव सहदेव ढकालले गरेका थिए भने उपसभापति गीता कार्कीले उपस्थितलाई स्वागत गरेकी थिइन् ।

पालिका प्रेस
थप जानकारी