मकवानपुर थाहा नगरपालिकामा रहको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, पालुङ शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत बीमा क्षतिपूर्ति रकम वितरण गरेको छ । थाहा नगरपालिका वडा नम्बर ५ खर्कस्थित खर्क महिला समाजकी सदस्य स्वर्गीय मनमाया घिसिङको असामयिक निधनपछि, संस्थाले कर्जा वीमा बापत ५ लाख ८५ हजार रुपैयाँ उनका श्रीमान राजकुमार घिसिङलाई चेकमार्फत हस्तान्तरण गरेको हो ।

कार्यक्रम थाहा नगरपालिकाका वडा अध्यक्ष विष्णु बहादुर गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । सो अवसरमा उनले ग्रामीण क्षेत्रमा लघुवित्त संस्थाले समाज परिवर्तन तथा ग्रामीण जीवनस्तर उकास्न खेलेको भूमिकाबारे धारणा व्यक्त गरेका थिए । शाखा प्रमुख वीरबहादुर लामा तामाङले वीमा क्षतिपूर्ति सम्बन्धी जानकारी गराउँदै सदस्यहरूलाई यस्ता सेवाबाट लाभ लिन आग्रह गरे । कार्यक्रमको सञ्चालन शाखाका लेखापाल नवराज भट्टराईले गरेका थिए।

निर्धन उत्थान लघुवित्तले विपन्न वर्गलाई लक्षित गर्दै वित्तीय सेवा प्रदान गर्दै आएको छ भने यस्ता वीमा कार्यक्रममार्फत सदस्यहरूको आर्थिक सुरक्षामा टेवा पु¥याउँदै आएको छ।

पालिका प्रेस
थप जानकारी