मोबाइल एशोसिएसन अफ नेपाल (म्यान) मकवानपुरले चाडपर्वलाई लक्षित गरी सञ्चालन गरेको उपहार कार्यक्रम मार्फत थाहानगरकी एक ग्राहकले स्कुटर उपहार पाएकी छिन् । थाहा नगरपालिका वडा नम्बर ३ शिखरकोट स्थित गणेश मोबाइल सेन्टरबाट मोबाइल खरिद गरेकी थाहा–३ की अस्मिता मोक्तानले स्कुटर उपहार पाएकी हुन् ।
मोक्तानलाई ५ फागुनमा मोबाइल पसलमै एक कार्यक्रमको आयोजना गरी स्कूटर उपहार वितरण गरिएको सञ्चालन गणेश विष्टले जानकारी दिए । कार्यक्रममा सञ्चालक विष्टले ग्राहक मोक्तानलाई स्कूटर उपहार हस्तान्तरण गरे ।

विगत १२ वर्षदेखि शिखरकोटमा मोबाइल पसल सञ्चालन गर्दै आएका गणेश विष्टले आफ्नो व्यवसायिक यात्रामा ग्राहकलाई स्कूटर उपहार वितरण गर्न पाउँदा खुशी व्यक्त गरे । म्यान मकवानपुरले मोबाइल र मोबाइलजन्य सामग्री खरिदमा दिदै आएको स्क्रयाच कुपन मार्फत गरिएको लक्की ड्र बाट अस्मितालाई स्कुटर उपहार परेको हो । स्कूटर उपहार बुझ्दै अस्मिताले भनिन्–‘सोचेकी थिइन् स्कुटर पाएँ, गणेश मोबाइल सेन्टरलाई धेरै धेरै धन्यवाद ।’
शिखरकोटको गणेश मोबाइल सेन्टर थाहानगर तथा उत्तरी मकवानपुरकै चिरपरिचित मोबाइल पसल हो । उपहार वितरण कार्यक्रममा स्थानीय मोबाईल व्यवसायीहरु, म्यान मकवानपुर उत्तरी शाखाका पदाधिकारीहरु लगाय स्थानीयहरुको उपस्थिति रहेको थियो ।



















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्