मकवानपुर थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको जनकल्याण माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुको संगठन जनकल्याण एल्मु्नाइ एशोसियसनको अध्यक्षमा यादवजंग रायमाझी सर्वसम्मत चयन भएका छन् । लामो समयदेखि निरञ्जन अधिकारी नेतृत्वमा रहेको एशोसियसनको ३ माघमा विद्यालयमा भएको भेलाले रायमाभीलाई अध्यक्षमा चुनेको हो ।

पुनर्गठित एल्मुनाइ एसोसिएसनको उपाध्यक्षमा विजय विक्रम श्रेष्ठ, सचिवमा विक्रम गोपाली, सहसचिवमा मञ्जरी अधिकारी र कोषाध्यक्षमा कमला अधिकारी निर्विरोध चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा हरिकृष्ण कार्की, शम्भु अधिकारी, नवीन रायमाझी, गगन श्रेष्ठ, राजकुमार मोक्तान, बिरोध रायमाझी, पूर्णिका कार्की र नारायण तामाङ रहेका छन् ।

जनकल्याण एल्मुनाइ एसोसिएसनका अध्यक्ष निरञ्जन अधिकारीको अध्यक्षतामा भएको भेलामा थाहा नगरपालिकाका उपप्रमुख समेत रहेका पूर्व विद्यार्थी भरत गोपालीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी सानोभाइ कार्की, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजिवकुमार स्याङ्तान, शिक्षक अभिभावक संघका अध्यक्ष नवराज कार्की, प्रधानाध्यापक रामकुमार बल, पूर्व शिक्षकहरू, एल्मुनाइ एसोसिएसनका पुर्व पदाधिकारीहरु लगायत पूर्व विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि उपप्रमुख भरत गोपालीले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्व विद्यार्थीहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गरे । उनले पूर्व विद्यार्थीहरुको ज्ञान, अनुभव र स्रोत–साधनको उपयोगमार्फत विद्यालयलाई थप सुदृढ बनाउन एल्मुनाइ एसोसिएसनले अग्रणी भूमिका खेल्नुपर्ने बताए । उनले पूर्व विद्यार्थी र विद्यालयबीचको सम्बन्ध मजबुत हुँदा शिक्षाको गुणस्तर, भौतिक पूर्वाधार र विद्यार्थीको समग्र विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्