नेपाल मगर संघ जिल्ला समन्वय समितिको १५ पुसमा भएको १४ औँ जिल्ला अधिवेशनमा अध्यक्षमा रामकुमार थापा मगर चयन भएका छन् । समितिको सचिवमा भूपेन्द्र राना मगर सर्वसम्मत चयन भएका छन् ।
भेलाले महिला उपाध्यक्षमा उर्मिला राना मगर, उपाध्यक्षमा डेमिज थापा मगर, एक ब. आलेमगर , सहसचिवमा शुष्मा थापा मगर, रञ्जित थापामगर र राजाराम थापा मगर र कोषाध्यक्षमा अञ्जु तुम्सिङ मगर चयन भएका हुन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ स्थित प्रथम सहिद क्याप्टेन लखन थापा मगर स्मृति वाटिकामा वागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी मगरको प्रमुख आतिथ्यता र संघको अध्यक्ष सन्देश तुम्सिङ मगरको सभाध्यक्षतामा भएको कार्यक्रममा सर्वसम्मत रुपमा संघको २१ सदस्यीय नेतृत्व चयन भएको हो ।
संघका केन्द्रीय सल्लाहकारहरु विश्व कुमार आलेमगर, कुश बहादुर थापा मगर, केन्द्रीय सदस्य अमृता थापामगर, संघको बागमती प्रदेश उपाध्यक्ष खेमराज जर्गा मगर, प्रशासन सचिव रामकुमार थापा मगर, निवर्तमान केन्द्रीय सदस्य अशोक सारुमगर, संघका पुर्व अध्यक्षहरु लगायतको उपस्थित रहेको थियो ।
वि.सं. २०३९ सालमा स्थापना भएको संघले मकवानपुरका सम्पूर्ण मगरहरु एकजुट भई आफ्नो आफ्नो भाषा, धर्म, भेषभुषा, संस्कृति जगेर्ना गर्दै विभिन्न गतिविधिहरु आईरहेको छ । साथै हेटौंडा ८ कमानेमा संघको आफ्नै घर निर्माण समेत गरिरहेको छ ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्