युवाहरूको नेतृत्व तथा व्यक्तित्व विकासमा सक्रिय संस्था हेटौंडा जेसीजको वर्ष २०२६ का लागि शाखा अध्यक्ष पदमा सन्तोष पराजुलीले उम्मेदवारी घोषणा गरेका छन् ।
लामो समयदेखि संस्थाका विभिन्न तह र जिम्मेवारीमा रहेर सक्रिय भूमिका निर्वाह गर्दै आएका पराजुलीले ‘सबल र समावेशी जेसीज’ को एजेन्डासहित अध्यक्ष पदमा उम्मेदवारी प्रस्तुत गरेका हुन् ।
सन् २०१९ देखि जेसीजमा आबद्ध पराजुलीले सचिव, उपाध्यक्ष, तालिम संयोजक तथा कार्यकारिणी उपाध्यक्षलगायत जिम्मेवारी सम्हालिसकेका छन् । उनको प्यानलबाट कार्यकारिणी उपाध्यक्ष पदमा संजय कुमार न्यौपाने र विपिन ताम्राकार तथा उपाध्यक्ष पदमा बिकेक बानियाँ, अशोक सिंह, विनोद वाग्ले र सृजनराज बज्राचार्य उम्मेदवार रहेका छन् ।
उम्मेदवारी घोषणा गर्दै पराजुलीले विगत छ वर्षमा जेसीआईबाट हासिल गरेका अनुभवलाई संस्थाको बृहत्तर हितमा प्रयोग गर्ने समय आएको बताए ।



















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्