मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ शिखरकोट स्थित हिमालयन इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाई साइबर सुरक्षा सम्बन्धी सचेतनामूलक गरिएको छ । कार्यक्रममा कक्षा ८, ९ र १० का विद्यार्थीहरू सहभागी थिए ।

कार्यक्रमका सहभागीहरुलाई ईलाका प्रहरी कार्यालय पालुङका कार्यालय प्रमुख प्रहरी निरीक्षक रुक्शा बज्राचार्यले इन्टरनेट तथा सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगी, साइबर अपराधका स्वरूप, व्यक्तिगत विवरण तथा पासवर्ड सुरक्षित राख्ने तरिका लगायतका विषयमा विद्यार्थीहरूलाई सहजीकरण गरेकी थिइन् ।

डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै साइबर जोखिम पनि बढ्दै गएकाले विद्यार्थीहरू सचेत, जिम्मेवार र सुरक्षित रूपमा प्रविधि प्रयोग गर्नुपर्नेमा जोड दिइएको थियो। कार्यक्रम विद्यालय प्रशासन, शिक्षक तथा विद्यार्थीहरूको सक्रिय सहभागितामा सम्पन्न भएको विद्यालयले जनाएको छ।

पालिका प्रेस
थप जानकारी