थाहा नगरपालिका वडा नम्बर ३ शिखर फल्चामा क्रिसमसको अवसरमा थाहा ख्रिष्टीयन चर्चहरुको संयुक्त आयोजनामा २ पुसमा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । मकवानपुर पाष्टर एसोसिएसनका अध्यक्ष सुबास गोपालीको अध्यक्षतामा तथा थाहा नगरपालिका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा थाहानगर उपप्रमुख गोपालीले सबै धर्मको अस्तित्व स्वीकार्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । गोपालीले समुन्नत समाज निर्माणका लागि आपसी सम्मान र सहअस्तित्व आवश्यक रहेको बताए । उनले नेपाली समाजमा हिन्दू, बौद्ध, इस्लाम र इसाइ (क्रिश्चियन) धर्मका चाडपर्वलाई सबैले आफ्नै पर्वझैँ मनाउने परम्परा रहेको उल्लेख गर्दै सबै धर्मका पर्वलाई समान सम्मान गर्ने संस्कार हाम्रो विशेषता भएको उल्लेख गरे ।
विशिष्ट अतिथि वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझीले देशमा आएको आमूल राजनीतिक परिवर्तनपछि नेपाल धर्मनिरपेक्ष राष्ट्र बनेको स्मरण गराउँदै सबै धर्मलाई समान व्यवहार गर्नुपर्नेमा जोड दिनुहुँदै क्रिसमसको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा एनसिएफ जिल्ला अध्यक्ष तथा वसन्त चर्चका पाष्टर सूर्य बहादुर पाख्रीन, एनसिएफ जिल्ला सदस्य तथा शिखर इम्माउसका पाष्टर राम बहादुर गोपाली लगायत थाहा नगरपालिका भित्रका विभिन्न चर्चका पाष्टरहरूको उपस्थिति रहेको थियो। पाष्टरहरू सूर्य बहादुर पाख्रीन, जित बहादुर थोकर र सुबास गोपालीले बचनको प्रार्थना गरेका थिए ।
कार्यक्रममा विभिन्न भजन प्रस्तुत गरिएको थियो भने कार्यक्रमको सञ्चालन शिखर इम्माउसका संजय गोपालीले गरेका थिए ।


















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्