गायक, गीतकार तथा मोडल अशोक बिष्टको स्वर रहेको नयाँ लोकगीत ‘मीठो मीठो बोली’ सार्वजनिक भएको छ । उक्त गीत लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले सार्वजनिक गरेका हुन् । गीतमा मौलिक कला, धर्म, संस्कृति लगायत विभिन्न जातजाति र धर्मबीचको एकता, माया र प्रेमको कथावस्तुलाई समेटिएको छ ।
गीतमा स्वर अशोक बिष्ट र अस्मिता न्यौपानेले दिएका छन् भने संगीत र निर्देशन सरोज प्याकुरेलले गरेका छन् । यस्तै, एरेन्ज वरिष्ठ एरेन्जर मनोहर सुनामले र रेकर्डिङ–मास्टरिङ भोला पौडेलले साउण्ड डिजाइन स्टुडियोमा सम्पादन गरेका हुन् ।

सुमधुर स्वरमा प्रस्तुत यो गीतको भिडियोमा पुनम दाहाल, अशोक बिष्ट सहित क्षेत्रपाल माध्यमिक विद्यालयका विद्यार्थीको आकर्षक अभिनय देख्न सकिन्छ । नृत्य निर्देशन विद्यालयकी नृत्य शिक्षिका कमला चुधारले गरेकी छन् भने कोरियोग्राफी देवेन्द्र कुँवरले गरेका छन् । उनले ‘सानु तिमीले’, छिट्टै मान्छे हामी र फर्की आउन साथी सङ्गी लगायत २० वटा गीत सार्वजनिक भइसकेका छन् ।
अशोक बिष्टको आधिकारिक युट्युब च्यानलमार्फत यो गीत सार्वजिनक गरिएको हो । राष्ट्र सेवामा समर्पित बिष्टको यो पछिल्लो कोशेली हुन् । उनी हाल लिखु गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुन् ।
हेर्नुहोस गित:

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्