नेपाल जेसीज वर्ष २०२६ को लागि राष्ट्रिय उपाध्यक्ष पदमा पालुङ जेसीज वर्ष २०२५ का अध्यक्ष माधव कार्कीले उम्मेद्वारी दिएका छन् । राष्ट्रिय उपाध्यक्ष पदका उम्मेद्वार कार्कीले पालुङ जेसीजमा २०१५ मा जेसीज सदस्यता लिएका थिए । सन् २०१६ देखि २०१९सम्म साधारण सदस्य रहेका कार्कीले २०२० मा भरतरत्न छात्रबृत्ति कार्यक्रमको कार्यक्रम संयोजकको भूमिका निभाएका थिए ।
कार्कीले पालुङ जेसीजको सन् २०२१ मा उपाध्यक्ष, २०२२ मा शाखा सम्पादक, २०२३मा कोषाध्यक्ष र वर्ष २०२५ मा शाखा अध्यक्षको जिम्मेवारी सफलतापूर्वक पुरा गरेका छन् । मकवानपुरको उत्तरीक्षेत्रमा अबस्थित थाहा नगर पालिका–२ मा स्वर्गीय पिता श्यामबहादुर कार्की र माता राधादेबी कार्कीको कोखबाट मिति २०४९ सालमा जन्मेका कार्की सामाजिक कार्यमा सक्रिय छन् । कार्की होमस्टे महासङको केन्द्रीय सचिवालय सदस्य, मुक्तिनाथ हरियाली कृषि सहकारी सस्था थाहा– २ को अध्यक्ष, पाथीभरा क्षेत्र संर क्षण समिति थाहा–२ का अध्यक्ष, डाँडाघरे बाको होमस्टेको संचालक, डाँडाघरे कृषि तथा एग्रो टुरिजमको प्रोपाइटर, लायन्स क्लव आफ थाहा पिसका सदस्य, थाहानगर होटेल एसोसियसनका वरिष्ठउपाध्यक्ष एवम् होमस्टे सम्वन्धी कुशल र अनुभबी प्रशिक्षक हुन् ।
नेपाल जेसीज वर्ष २०२६ का लागि राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेद्वारी दिएपछि कार्कीले पालुङ जेससीजलाई देशभर परिचित गराएर थाहानगरको विकासमा अन्यक्षेत्रको अभ्यास र अनुभवलाई अध्ययन गरी थाहानगरमा कार्यान्वयनका लागि पहल गर्ने बताए । उनले जेसीज युवाको क्षमताको विकासँगै सामाजिक नेतृत्वमा अगाडि बढाउने संस्था भएको बताए । कार्कीले आफू नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष बन्ने अभियानमा रहेकोले यसवर्ष उपाध्यक्ष पदमा उम्मेद्वारी दिएको बताए । नेपाल जेसीजको जनकपुरमा पुस ४ गतेदेखि ७ गतेसम्म आयोजना हुने ५२ औं महाधिवेशनले वर्ष २०२६ का लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्