पालुङ जेसीज वर्ष २०२५ को जेसीज सप्ताहको दोस्रो कार्यक्रम भरतरत्न छात्रवृत्ति बितरण भएको छ । छात्रवृत्ति कार्यक्रमअन्तरगत थाहा नगरपालिका वडा नम्बर ११ टिष्टुङको कालीदेवी प्राविमा अध्ययनरत ३२ जना विद्यार्थीलाई स्टेसनरी सामग्री प्रदान गरिएको हो ।

पालुङ जेसीज वर्ष २०२५ का कार्यकारिणी उपाध्यक्ष एवम् जेसीज सप्ताह मूलकार्यक्रम संयोजक अजित कार्कीको अध्यक्षता एवम् विद्यालयका प्रधानाध्यापक रुपक उप्रेतीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । पालुङ जेसीजका निवर्तमान अध्यक्ष निरज रायमाझी, महासचिव सुविन्द्रमान प्रधान, कोषाध्यक्ष अजय कार्की, सहमूल कार्यक्रम संयोजक बिकेशबाबु बस्नेत, कार्यक्रम संयोजक रबि कार्कीलगायत विद्यालयका शिक्षक विद्यार्थीको उपस्थिति रहेको थियो ।

कार्यक्रलाई पालुङ जेसीज वर्ष २००८ का अध्यक्ष भरत गोपालीले प्रायोजन गरेका थिए ।

पालिका प्रेस
थप जानकारी