मकवानपुर थाहा नगरपालिकामा क्रियाशील सामाजिक संस्था पालुङ जेसीजको आयोजनामा जेसीज सप्ताह २०२५ को उदुघाटन गरिएको छ । सप्ताहको नेपाल जेसीजका निरूपित राष्ट्रिय उपाध्यक्ष सुजन थापा काजीले उद्घाटन गरेका हुन् ।

उद्घाटनको अवसरमा जेसीज अभिमुखिकरण कार्यक्रम पनि भएको छ । बिश्वराम पौडेलको संयोजकत्वमा भएको कार्यक्रम मुख्य कार्यक्रम संयोजकका रूपमा अजित कार्कीले समन्वय गरेका थिए भने कार्यक्रमलाई महासचिव सुबिन्द्रमान प्रधानले संचालन गरेका थिए।

समारोहमा पूर्व अध्यक्ष सानोभाइ कार्की, सुरेन्द्रमान प्रधान, तथा संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल जेसीजका राष्ट्रिय उपाध्यक्ष संगम कार्कीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। त्यस्तै, पूर्व राष्ट्रिय उपाध्यक्ष पुरुषोत्तम कार्की ,पूर्व अध्यक्षहरू सहदेव ढकाल, रामप्रसाद ढकाल, निवर्तमान अध्यक्ष निरज रायमाझी, साथै ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख रुक्सा बज्राचार्यलगायत अतिथिहरूको विशेष उपस्थिति रहेको थियो।

पालुङ जेसीजका अध्यक्ष माधव कार्कीको सभाध्यक्षतामा भएको कार्यक्रममा विभिन्न संघ–संस्था तथा जेसीजका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेकाले जेसीज सप्ताह २०२५ सफल तथा प्रभावकारी रूपमा सञ्चालन हुने अपेक्षा व्यक्त गरिएको छ।

पालिका प्रेस
थप जानकारी