मकवानपुर स्थित थाहा नगरपालिकामा लाग्ने ऐतिहासिक तीनवर्षे इन्द्रायणी जात्रा विधिवत रुपमा समापन गरिएको छ । १८ मंसिरबाट शुरु भएको जात्रा इन्द्रायणी मन्दिरबाट रथ उठाई पुनः पालुङको देउता घर पु¥याएसँगै जात्रा पनि सकिएको पुजारी सम्पूर्ण श्रेष्ठले जानकारी दिए ।

जात्रामा पालुङ सहरबाट भगवान गणेश, इन्द्रायणी, कुमारी र कालाभैरबको रथ इन्द्रायणी मन्दिरमा लैजाने गरिन्छ । थाहा नगरपालिका वडा नम्बर २ देउला गाउँ (इन्द्रायणी बस्ती) मा राखिएको भगवानको मूर्तिलाई पालुङ सहरको डबलीमा पु¥याइ तान्त्रिक विधिबाट पूजा गरी रथमा राखेर दुईदिन अघि इन्द्राायणी मन्दिरमा पु¥याइएको थियो । सोही दिन वडा नम्बर ३ को गोपाली गाउँबाट पनि सेति गणेशको रथ इन्द्रायणी मन्दिरमा पु¥याएपछि जात्रा शुरु भएको हो ।

हेर्नुहोस् फोटोहरुः

 

 

 

 

 

विशाल रायमाझी
थप जानकारी