मकवानपुरको थाहा नगरपालिकाको इन्द्रायणी चौरमा तीनवर्षे मेला शुरु भएको छ । थाहानगरकोे इन्द्रायणी चौरमा १८ मंसिरबाट मेला शुरु भएको हो । स्थानीय देउला र नेवार समुदायको ऐतिहासिक सम्बन्ध गाँसिएको किम्वदन्ती रहेको मेला तीन दिनसम्म अर्थात २० मंसिरसम्म संचालन हुनेछ ।
मेलाको पहिलो दिन इन्द्रायणी चौरमा रहेको इन्द्रायणी मन्दिरमा रथ ल्याइएको छ । अब दोस्रो दिन सर्वसाधारणको मुख्य पुजा, तेस्रो दिन रथ उठाउने तान्त्रिक विधि सहितको पुजा हुने गर्दछ । मंसिर पुर्णिमाको दिनदेखि मेला इन्द्रायणी माईको चौरमा लाग्ने गर्छ ।
दामन पालुङको मध्यभागमा पर्ने इन्द्रायणी माईको चौरमा लाग्ने जात्रामा पालुङको नेवार तथा देउला समुदायले विधिपूर्वक पुजाआजासहित गणेश, इन्द्रायणी, कुमारी र कालाभैरबको रथारोहण गर्दछन भने गोपालीगाउँको सेति गणेशको रथारोहण पनि गर्ने गरिन्छ । देवीहरुको मुकुट पालुङ डबलीबाट रथमा इन्द्रायणी मन्दिरसम्म पु¥याइन्छ । जात्रामा ५ वटा रथयात्रा गरिन्छ । विगतमा रथ पुरुषहरूले मात्र बोक्ने गर्थे । केही वर्षदेखि रथ महिलाहरूले पनि बोकेर इन्द्रायणी माईको चौरमा पु¥याउने गर्छन् ।
हेर्नुहोस फोटोफिचरः




































































श्रीकृष्ण श्रेष्ठ 











प्रतिक्रिया दिनुहोस्