मकवानपुरको थाहा नगरपालिकामा क्रियाशील सामाजिक संस्था पालुङ जेसिज वर्ष २०२५ को जेसिज सप्ताह आउँदो २१ मंसिरबाट शुरु हुने भएको छ । पालुङ जेसिजले १९ मंसिरमा पत्रकार सम्मेलन गरेर कार्यक्रमको विषयमा जानकारी दिएको हो । पालुङ जेसिज सचिवालयमा भएको पत्रकार सम्मेलनमा पालुङ जेसिज सप्ताह मूल कार्यक्रम संयोजक अजित कार्कीले २१ देखि २६ मंसिरसम्म कार्यक्रम हुने जानकारी दिए ।

पालुङ जेसिज, वर्ष २०२५ का कार्यकारी उपाध्यक्ष तथा मूल कार्यक्रम संयोजक कार्कीले २१ मंसिरमा जेसिज सप्ताह उद्घाटन कार्यक्रम हुने जानकारी दिए । उद्घाटन कार्यक्रम तथा जेसिज अभिमुखीकरण कार्यक्रम विश्वराम पौडेलको संयोजकत्वमा हुनेछ । संयोजक कार्कीले २२ मंसिरमा सञ्जिता बस्नेतको संयोजकत्वमा मंगलेश्वर मावि थाहा–२ मा भरतरत्न छात्रवत्ती वितरण, २३ मंसिरमा मिरा लटौलाको संयोजकत्वमा कालीदेवी प्रा.वि. थाहा–११ मा कृष्णतारा न्यानो कपडा वितरण, २४ मंसिरमा थाहा–२ फाँटबजारमा मोनिका खत्रीको संयोजकत्वमा स्लोबाइक रेस प्रतियोगिता, २५ मंसिरमा सुन्दरीदेवी मावि डाँडाबासमा राधाकृष्ण लामिछानेको संयोजकत्वमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिने जानकारी दिए ।

त्यस्तै २६ मंसिरमा फाँटबजारमा रबि कार्कीको संयोजकत्वमा पालुङ जेसिजका पूर्व अध्यक्ष र सदस्यहरुबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुने भएको छ । २७ मंसिरमा जेसिज वनभोज तथा सप्ताह समापन कार्यक्रम गरिने मूल कार्यक्रम संयोजक कार्कीले जानकारी दिए । समापन कार्यक्रम नविना कार्कीको संयोजकत्वमा थाहा–२ पालुङगढीमा आयोजना गरिने कार्कीले जानकारी दिए ।

पालुङ जेसिज वर्ष २०२५ का अध्यक्ष माधव कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष संगम कार्की, पालुङ जेसीज बर्ष २०२५ का महासचिब सुबिन्द्रमान प्रधान, कोषाध्यक्ष अजय कार्की, जनसम्पर्क अधिकारी कमल बिष्टलगायत कार्यसमिति पदाधिकारीहरु तथा बोर्ड सदस्यहरु र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

पालिका प्रेस
थप जानकारी