ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले पालिकाले कृषिलाई प्राथमिकता दिएर लगानी गर्दै आएको बताएका छन् । हेटौंडाको जनप्रिय क्याम्पसमा कृषिविज्ञान स्नातक तहको अध्यापन घोषणा कार्यक्रममा पालिका अध्यक्ष पुडासैनीले यस्तो बताएका हुन् । सो कायक्रममा मकवानपुर बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष एवम् सविधानसभा सदस्य अनन्त पौडेल, शिक्षाविद् पुरनबहादुर जोशी, हेटौंडा जनप्रिय क्याम्पस सञ्चालक समिति उपाध्यक्ष आनन्दराम पराजुली, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष रामकृष्ण कोईरालाले मकवानपुरमा कृषिक्षेत्रको विकासको उच्च सम्भावना रहेको भन्दै कृषि विज्ञानसँगै पशुचिकत्सा विषयको स्नातक तहको अध्यापन आवश्यक भएको बताए ।
अवसरमा हेटौंडा उपमहानगरका वडाध्यक्षहरु, प्राध्यापक, नागरिक समाज, कर्मचारीलगायतको सहभागिता रहेको थियो । हेटौंडा जनप्रिय क्याम्पसमा कृषि विज्ञान विषयको यसवर्ष स्नातक तहमा ४८ जना विद्यार्थीले अध्ययन गर्न पाउने गरी कोटा निर्धारणसँगै विद्यार्थी छनोट गरिएको छ । हेटौंडा उपमहानगरपालिका–१६ हटिया स्थित हेटौंडा जनप्रिय क्याम्पसमा कृषिविज्ञान स्नातक तहको अध्यापन पूर्वाञ्चल विश्वविद्यालयका रजिष्ट्रार कल्याणी मिश्र त्रिपाठीले कृषि विषयको स्नातक तहको अध्यापन सुरु भएको घोषणा गरिन् ।
कार्यक्रममा रजिस्ट्रार त्रिपाठीले नेपालमा व्यावसायिक कृषिको सम्भावना रहेको भन्दै गुणस्तरीय जनशक्ति उत्पादनमा विश्वविद्यालयले जोड दिँदै आएको बताइन् । हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाले हेटौंडालाई शैक्षिक हब बनाउन शिक्षालाई प्राथमिकतामा राखेर काम गर्दै आएको जानकारी दिइन् ।

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्