मकवानपुरको मनहरी गाउँपालिका–२ मा सडक स्ल्याब ढलानका लागि गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले व्यक्तिगत रूपमा २० लाख रुपैयाँ खर्च गर्ने भएका छन्। अध्यक्ष कालाखेतीले शनिबार प्राविधिकबाट लागत अनुमान (स्टिमेट) तयार गराएका छन्। स्टिमेट अनुसार कर्मचोकदेखि वडा कार्यालयसम्मको ६ मिटर चौडाइ र २०० मिटर लामो सडक स्ल्याब ढलान गर्न करीब २० लाख रुपैयाँ लाग्ने छ।

उनका अनुसार ‘जेनजी आन्दोलन’का कारण गाउँपालिकामा भौतिक संरचनामा क्षति भएको र बजेटमा कटौती भएपछि केही विकास परियोजना रोकिएका छन्। स्थानीय आवश्यकताका कारण निजी स्रोतबाटै सडक निर्माण अघि बढाउन लागेको अध्यक्ष कालाखेतीले बताए।

उनले अबको केही दिनभित्र स्ल्याब ढलानको काम सुरु हुने जानकारी समेत दिए।

पालिका प्रेस
थप जानकारी