मकवानपुरको राक्सिराङ गाउँपालिका–१, कोलगैरी ठकुरीडाँडास्थित कुलदेवी मन्दिरको पुजारीको गोली हानी हत्या भएको छ । २८ कार्तिक विहान ९ बजेर ५२ मिनेटको समयमा ६४ वर्षीय पुजारी ठूले गोलेको गोली हानी हत्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । गोलेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
पुजारी गोलेको हत्या गरेको अभियोगमा प्रहरीले ७५ वर्षीय इमान सिंह थोकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले थोकरको साथबाट कटुवा पेस्तोल एक थान, पेस्तोलमा लाग्ने २ राउण्ड गोली, खोका १ थान र १९० ग्राम गन पाउडर बरामद गरेको छ । प्रारम्भिक अनुसन्धानको क्रममा पुरानो रिसईबीका कारण थोकरले गोलेलाई गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
घटनाको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय मनहरी र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट पनि प्रहरी खटिएर गएको थियो । सादा पोशाकका प्रहरी समेत खटिएर थोकरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीले जानकारी दिए ।











































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्