हेटौँडा इन्फिल्डर्स मकवानपुरले २७ कार्तिकमा हेटौँडा उपमहानगरपालिकालाई कार्यालय प्रयोजनका लागि दुई थान तीन सिटका कुर्सी हस्तान्तरण गरेको छ । संस्थाका अध्यक्ष राजक शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उक्त सामग्री सम्पत्ति व्यवस्थापन तथा खरिद शाखा प्रमुख श्री श्याम कुमार श्रेष्ठले ग्रहण गरेका थिए ।
यो सहयोग २०८२ भाद्र २३ र २४ गतेका जेन जेड आन्दोलनका क्रममा हेटौँडा उपमहानगरपालिकामा भएको आगजनीबाट कार्यालय सामग्री र भौतिक संरचना क्षति पुगेको थियो । १२ वर्षदेखि सक्रिय रहँदै आएको हेटौँडा इन्फिल्डर्स मकवानपुर मकवानपुर जिल्लामा दर्ता भएको एक मात्र संस्था हो, जसले निरन्तर रूपमा समाजसेवामूलक कार्यहरू गर्दै आएको छ। संस्थामा हाल २६ जना सदस्य रहेका छन्।
सहयोग हस्तान्तरण कार्यक्रममा अध्यक्ष शाहीले सार्वजनिक सम्पत्तिको संरक्षण र पुनर्निर्माणमा सामुदायिक सहकार्य अपरिहार्य भएको बताउँदै आगामी दिनमा पनि यस्ता सहयोगात्मक कार्य जारी रहने प्रतिवद्धता व्यक्त गरे।











































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्