नेपाल जेसीजकी राष्ट्रिय अध्यक्ष सिनेटर रजनी थापा अन्तर्राष्ट्रिय जेसीजको उपाध्यक्षमा निर्वाचित भएकी छन्।

थापा वर्ष २०२६ का लागि अन्तर्राष्ट्रिय जेसीजको उपाध्यक्ष पदमा निर्वाचित भएकी हुन्। सामाजिक सेवा, युवा सशक्तीकरण र नेतृत्व विकासका क्षेत्रमा सक्रिय थापा २००९ देखि जेसीजमा अभियानमा संलग्न रहँदै आएकी छन्।

नेपाल जेसीजले १५ वर्षपछि अन्तर्राष्ट्रिय जेसीजको उपाध्यक्षमा नेपालको प्रतिनिधित्व हुनुलाई गौरव र उपलब्धिमूलक भनेको छ। नेपाल जेसीजले सन् २०११ मा पछिल्लो पटक अन्तर्राष्ट्रिय जेसीआई उपाध्यक्ष पदमा प्रतिनिधित्व गरेको थियो।