मकवानपुर थाहा नगरपालिकामा क्रियाशील थाहा जीवनयोग प्रयोगशालाको पुर्नगठन भएको छ । यस अघिको समितीले गरेको कार्यको उच्च सम्मान र धन्यवाद सहित १६ साउनमा नवीन अधिकारीको अध्यक्षतामा ९ सदस्यीय समिती पुनर्गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा जमुना अधिकारी, सचिव श्रीकृष्ण केसी, कोषाध्यक्ष शर्मिला जिम्बा चयन भएका छन् । समितिको सदस्यहरुमा सन्तोष केसी, रामकुमार कार्की, सुमित्रा बिडारी, विश्वराम पौडेल र श्री लक्ष्मी केसी चयन भएका छन् ।

समितिको वरिष्ठ सल्लाहकारमा बिमलकुमार ढकाल चयन भएका छन् भने सल्लाहकारहरुमा सल्लाहकार नरेन्द्र अधिकारी, इन्द्रध्वज अधिकारी, बिक्रम केसी, नारायण बहादुर केसी, भैरब प्रधान र भुपाल सिंह ठकुरी चयन भएका छन् । त्यस्तै संरक्षक तथा सल्लाहकारमा थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपाली चयन भएका छन् ।

थाहा नगरपालिकाको थाना बजारमा भएको कार्यक्रममा समिति पुर्नगठन गरेको हो ।

पालिका प्रेस
थप जानकारी