बागमती प्रदेश सरकारले आगामि आर्थिक वर्ष २०८२/०८३ का लागि वित्तीय समानिकरण अनुदानको अनुमानित बजेट पालिकाहरुका लागि तोकिदिएको छ । २३ वैशाखमा सम्पन्न मन्त्रीपरिषद बैठकबाट प्रदेशका १ सय १९ वटै स्थानीय तहहरुका लागि पठाइने वित्तीय समानीकरण अनुदानको बजेट तोकिदिएको मन्त्रालयका अधिकृत सातौं इन्द्रराज संज्यालले जानकारी दिए ।

अन्तरसरकारी वित्तीय हस्तान्तरण ऐन, २०७५ तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा प्रदेश अन्तर्गतका सबै पालिकाहरुलाई अनुमानित बजेट पठाएको हो । मन्त्रालयले न्यूनतम, सुत्रमा आधारित र कार्यसम्पादन मूल्याङ्कनमा आधारित भएर समानीकरण बजेट पठाएको छ ।

मकवानपुरका दश पालिकामध्ये सबैभन्दा कम इन्द्रसरोवर गाउँपालिकाले समानीकरण बजेट पाएको छ । इन्द्रसरोवरले न्यूनतम १३ लाख ३० हजार, सुत्रमा आधारित ४७ लाख ६४ हजार र कार्य सम्पादन मूल्याङ्कनमा आधारित ५ लाख २५ हजार गरी कुल ६६ लाख १९ हजार रुपिया समानीकरण अनुदान पाउने भएको छ । सबैभन्दा बढि हेटौंडा उपमहानगरपालिकाले समानीकरण अनुदान पाउने भएको छ । हेटौंडाले न्यूनतम ३२ लाख २० हजार, सुत्रामा आधारित २ करोड ७१ लाख ७७ हजार र कार्यसम्पादनमा आधारित अनुदान ५ लाख ७३ हजार रुपियाँ पाउने भएको हो ।

त्यसैगरी थाहा नगरपालिकाले आगामि आर्थिक वर्षका लागि १ करोड २५ लाख ८६ हजार समानीकरण अनुदान पाउने भएको छ । थाहाले न्यूनतम १७ लाख १५ हजार, सुत्रमा आधारित १ करोड २ लाख १७ हजार तथा कार्यसम्पादनमा आारित अनुदान ६ लाख १७ हजार पाउने भएको छ । कार्यसम्पादनमा आधारित यो बजेट मकवानपुरका सबै स्थानीय तहको भन्दा बढि हो । यसका आधारमा पनि थाहा जिल्लाकै अब्बल पालिकाको रुपमा स्थापित भएको छ । कैलाश गाउँपालिकाले ९० लाख ५२ हजार अनुदान पाउने भएको छ । कैलाशले न्यूनतम १८ लाख ६० हजार, सुत्रमा आधारित ६५ लाख ८४ हजार र कार्यसम्पादनमा आधारित ६ लाख ८ हजार रुपैया पाउने भएको हो । राक्सिराङ गाउँपालिकाले ९६ लाख ११ हजार रुपिया समानीकरण अनुदान पाउने भएको छ । राक्सिराङका लागि न्यूनतम १८ लाख ६० हजार, सुत्रमा आधारित ७१ लाख ६४ हजार तथा कार्यसम्पादनमा आधारित अनुदान ५ लाख ८७ हजार रहेको छ ।

त्यस्तै मनहरी गाउँपालिकाले १ करोड २५ लाख ३० हजार अनुदान पाउने भएको छ । पालिकाले न्यूनतम १७ लाख ९५ हजार, सुत्रामा आधारित १ करोड १ लाख १८ हजार र कार्यसम्पादनमा आधारित ६ लाख १७ हजार रुपिया पाउने भएको हो । भीमफेदी गाउँपालिकाले ९९ लाख ९३ हजार समानीकरण अनुदान पाउने भएको छ । न्यूनतम १८ लाख ६० हहजार, सुत्रमा आधारित ७६ लाख ६८ हजार र कार्यसम्पादनमा आधारित ४ लाख ६५ हजार बजेट पाउने भएको हो ।

मकवानपुरगढी गाउँपालिकाले ९७ लाख ९३ हजार समानीकरण बजेट पाउने भएको छ । न्यूनतम १६ लाख ३५ हजार सुत्रमा आधारित ७५ लाख ४३ हजार र कार्यसम्पादनमा आधारित ४ लाख १५ हजार बजेट पाउनेछ । बकैया गाउँपालिकाले १ करोड २२ लाख ५६ हजार समानीकरण बजेट पाउने भएको छ । बकैयाले न्युनतम २२ लाख ४५ हजार, सुत्रामा आधारित ९५ लाख ९० हजार र कार्यसम्पादनमा आधारित अनुदान ४ लाख २१ हजार रुपैयाँ अनुदान पाउने भएको छ । बागमती गाउँपालिकाले १ करोड ८ लाख ३८ हजार रुपिैया बजेट पाउने भएको छ । न्यूनतम २१ लाख ६५ हजार सिफारिस भएको बकैयाले सुत्रमाा आधारित ८१ लाख २२ हजार र कार्यसम्पादनमा आधारित ५ लाख ५१ हजार अनुदान पाउने भएको छ ।

बागमती प्रदेशका १ सय १९ स्थानीय तहका लागि कुल १ अर्ब ६६ करोड २५ लाख वित्तीय समानीकरण अनुदान मार्फत पालिकाहरुलाई बजेट पठाउने प्रदेश सरकारको अनुमान छ । जसमा न्यूनतम २१ करोड १९ लाख ७५ हजार, सुत्रमा आाधारित १ अर्ब ३८ करोड ४० लाख २५ हजार र कार्यसम्पदानमा आधारित ६ करोड ६५ लाख रुपियाँ अनुमानित बजेट विनियोजन गरिएको छ ।

कस्ले कति पाए हेर्नुहोस्

पालिका प्रेस
थप जानकारी