कैलाश गाउँपालिका वडा नम्बर ३ कालिकाटारमा चाउमिन बनाउने तालिम सुरु भएको छ । १० वैशाखमा एक कार्यक्रमका बीच तालिमको सुरु भएको हो । महिला एकता सार्थक समाज नेपालको आयोजनामा भएको तालिम गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले उद्घाटन गरेका हुन् । सामाजिक विकास मन्त्रालय र गाउँपालिकाको साझेदारीमा लैङ्गििक सशक्तिकरणका लागि उद्यमशीलता विकास तथा व्यवसायिक चाउमिन बनाउने तालिम भएको हो ।
तालिम तालिममै सिमित नहोस्, सीप सिकेर आयआर्जन गर्न उपाध्यक्ष मल्लले आग्रह गरेका छन् । गाउँपालिकाको केन्द्र समेत रहेको यस स्थानमा चाउमिन तालिम आवश्यक रहेकाले यहाँका महिला दिदीबहिनीहरुलाई तालिम प्रदान गरिएको उनले बताए । महिलाले सीप सिकेर आम्दानीको पाटो बलियो बनाउनुका साथै व्यवसायिक दृष्ट्रिले पनि राम्रो रहने उपाध्यक्ष मल्लको भनाइ रहेको थियो । महिलाहरुलाई आयआर्जन सँग जोडेर यी यस्ता तालिमले फलदायी रहने विश्वास व्यक्त गरे ।
कार्यक्रममा कार्यपालिका सदस्य राममाया प्रजा, वडा सदस्य नीरमाया सुनार, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख रमिला सापकोटा, वडा सचिव शर्मिला रानामगर, चाउमिन तालिमका प्रशिक्षक रेशम थिङको आतिथ्यता रहेको थियो । महिला एकता सार्थक समाज नेपालकी अध्यक्ष प्रमिला लामाको अध्यक्षता शुरु भएको तालिम ७ दिन चाउमिन बनाउने र ७ दिन उद्यमशील, प्याकेजिङ, लेवलिङ बजारिकरणका विषयमा तालिम प्रदान गरिने अध्यक्ष प्रमिला लामाले बताईन् ।

















































पालिका प्रेस 











प्रतिक्रिया दिनुहोस्