आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट निर्माणमा जुट्न थालेका स्थानीय सरकारलाई उत्कृष्ट योजना छनौट, आर्थिक स्रोत वृद्धि र व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर जिल्ला समन्वय समिति मकवानपुरले सहजीकरण गरेको छ । मकवानपुरको पर्यटकीय स्थल चित्लाङमा आयोजना गरिएको प्रदेश तथा स्थानीय तहको योजना छनौट सम्वन्धी कार्यक्रमको आयोजना गरेर जिससले स्थानीय सरकारका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरुलाई योजना छनौट र आर्थिक व्यवस्थापनका विषयमा अन्र्तक्रिया गरेको हो ।

कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव तथा प्रशासन विद डा. दामोदर रेग्मीले स्थानीय सरकारले योजना छनौट कसरी गर्ने ?, आर्थिक स्रोतको वृद्धि कसरी गर्ने ? र आर्थिक स्रोतलाई कसरी परिचालन गर्ने भन्ने विषयमा प्रस्तुती गरेको थिए । उनले अहिले स्थानीय सरकारहरुको योजना छनौट र बजेट निर्माण प्रक्रिया नै गलत रहेकाले सुर्धानुु पर्नेमा जोड दिए । उनले योजनाको बैक बनाएर मात्र बजेट परिचालन गर्नुपर्ने बताए । अहिले हचुवाको भरमा योजना छनौट र बजेट निर्माण भइृरहेको बताएका छन् ।
कार्यक्रममा पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य कुमारी मोक्तानले बागमती प्रदेश सरकारले योजना बैंक बनाएर काम गर्ने अभ्यासको सुरुवात गरेको उल्लेख गर्दै स्थानीय सरकारले पनि योजना बैंक बनाएर र पञ्चवर्षीय रणनीति निर्माण गरेर काम गर्नुपर्ने बताइन् । उनले स्रोत व्यवस्थापन गरेर आवश्यकताका आधारमा योजनाहरुको छनौट हुनुुपर्ने उल्लेख गरिन् ।

यस्तै पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले तीन तहको सरकारबीच योजना छनौटमा सहकार्य नहुँदा एउटै योजनामा तीनै तहले आआफ्नै हिसाबबाट काम गर्ने परिपाटी रहेको बताएका छन् । स्थानीय तहबाट योजना छनौट सही रुपमा गर्ने र स्थानीय तहबाट असम्भव योजना प्रदेश तथा संघमा पठाउने योजनामा वर्गीकरण नभएसम्म समस्या समाधान नहुने उनले उल्लेख गरे । पूर्वमन्त्री श्रेष्ठले स्थानीय सरकारले आप्नो आर्थिक स्रोतको पहिचान गर्दै वृद्धि गरेर अनुदानमा मात्र निर्भर हुने अहिलेको अवस्थाको अन्त्य गर्नु पर्ने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले योजना छनौटमा स्थानीय तह र प्रदेश बीच रहेको अन्यौलतालाई हटाउन कार्यक्रमको आयोजना गरिएको बताए । उनले आगामी आथिृक वर्षको योजना छनौटमा जुट्न लागेका स्थानीय तहहरुले अहिलेसम्म गरेका अभ्यास, परेका कठिनाई र समाधानका उपायहरु खोज्न कार्यक्रमले सहजीकरण गर्ने जनकारी दिए । प्रमुख घलानले ले योजनाहरुलाई दिगो, उपयोगी बनाउन जिसस मकवानपुरले स्थानीय तहसँग सधै सहकार्य गर्ने बताए ।

कार्यक्रममा जिल्लाका स्थानीय सरकारका प्रमुख तथा प्रशासकीय अधिकृतहरुले योजना छनौट र बजेट निर्माण तथा कार्यान्वयनका पाटोमा परेका समस्या राखेको थिए । उनिहरुले प्रदेश तथा संघ सरकारसँगको सहकार्य तथा अनुदानहरुमा भोगेका समस्याका बारेमा पनि छलफल भएको थियो ।

कार्यक्रममा जिससका उपप्रमुख सानुकाजी लुुईंटेलले स्वागत मन्तव्य र जिल्ला समन्वय अधिकारी शान्ति विकले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए । कार्यक्रममा जिल्लाका १० वटै पालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, योजना शाखाका अधिकृतहरुको सहभागीता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी