
मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १० को आयोजनामा संचालन गरिएको अचार बनाउने तालिम सकिएको छ । गृहेणी महिला सशक्तीकरण अन्तर्गत आयोजना भएको १० दिने तालिम सम्पन्न भएको हो ।
प्रशिक्षक बिमाला लामाद्वार तालिमामा बनाएको अचार वडा अध्यक्ष कमला वाईबालाई हस्तान्तरण गर्दै २ वैशाखमा तालिम सकिएको हो । तालिमका सहभागीहरुलाई विमला लामाले प्रशिक्षण दिनुभएको थियो ।
बकैया–१० की वडाध्यक्ष कमला कुमारी वाईबाको सभाध्यक्षता तथा बकैया गाउँपालिकाका सदस्य राजकुमार भोम्जनको प्रमुख आतिथ्यतामा भएको तालिम समापन कार्यक्रममा वडा सचीव नारायण खत्रीलगायतको आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्