नेपाल सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा दिने घोषणा गरेको ‘स्टार्टअप उद्यम कर्जा’ का लागि मकवानपुरको थाहा नगरपालिकाबाट ४ वटा परियोजना प्रारम्भिक सूचीमा परेका छन् । मकवानपुरबाट मात्र भने कुल २० वटा परियोजना प्रारम्भिक सूचीमा छन् ।

यसरी छनोटमा परेकाहरुमा सबैभन्दा बढि हेटौंडा उपमहानगरपालिकाबाट ९ वटा परियोजना रहेका छन् भने थाहा नगरपालिकाको ४ वटा, राक्सिराङको ३, भीमफेदीको २ तथा मकवानपुरगढी र बागमती गाउँपालिकाको १/१ वटा परियोजना रहेका छन् ।

थाहा नगरपालिकाबाट छनोटमा परेका आर.के. मेटल ह्याण्डीक्रमफ्टस प्रोडक्शन एण्ड सप्लायर्स थाहा–४ को २ वटा परियोजना, ह्याप्पी भ्याली कृषि फार्म थाहा–३ र युनिक कृषि फार्म थाहा–५ रहेका छन् ।

त्यसैगरी ओम्याक्स इण्ड्रष्ट्रिज प्रालि. हेटौंडा–१९, श्यामाबाटिका एकीकृत कृषि तथा पशुपंक्षी फार्म हेटौंडा–१५, बसामाडी तारजाली उद्योग हेटौंडा–३ मुक्तिलनाथ कृषि तथा पशुपंक्षी फार्म हेटौंडा–१४, श्री दुर्गा कृषि तथा पशुपंक्षी फार्म हेटौंडा–१८, बसाह गाई फार्म हेटौंडा–३, आसुका तयारी पोशाक तथा कपडा उद्योग हेटौंडा–५, ए आर प्रिन्टिङ सोलुसन हेटौंडा–४ र अपसाइकल इनोभेटर्स प्रा.लि. हेटौंडा–४ रहेका छन् ।

अस्लामी कृषि तथा पशुपंक्षी फार्म भीमफेदी, ६, आधुनिक कृषि तथा पशुपंक्षी फार्म भीमफेदी–४, श्रीकृष्ण बहुउद्देश्यीय कृषि तथा पशुपंक्षी फार्म मकवानपुरगढी–३, एकीकृत कालेश्वर कृषि तथा पशुपंक्षी फार्म बागमती–९, संजिब एकीकृत कृषि तथा पशुपंक्षी फार्म राक्सिराङ–६, घलान एकीकृत कृषि तथा पशुपंक्षी फार्म राक्सिराङ–४, एसमिका एकीकृत कृषि तथा पशुपंक्षी फार्म राक्सिराङ–७ रहेका छन् । मकवानपुरको इन्द्रसरोवर, बकैया, कैलास र मनहरी गाउँपालिको परियोजना भने शुन्य रहेको छ ।

तर देशभरबाट १ हजार ३ सय १४ परियोजना प्रारम्भिक सूचीमा पर्न सफल भएका छन् ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले कुल ५ हजार १ सय ५८ परियोजनाबाट प्रारम्भिक सूची प्रकाशित गरेको छ । अब प्रारम्भिक सूचीमा परेका परियोजना प्रस्तावकबाट प्रस्तुतीकरणको योजना छ । यसका लागि मितिसमेत तय भइसकेको प्रतिष्ठानले जनाएको छ । उक्त प्रस्तुतीकरणबाट छनोट भएका आयोजनाले यस वर्ष स्टार्टअप उद्यम कर्जा पाउने छन् ।

प्रतिष्ठानका अनुसार २८ पुस २०८१ देखि प्रस्तुतीकरणको मिति तय भएको छ । हरेक दिन चार चरणमा प्रस्तुतीकरण हुने र एक चरणमा पाँच परियोजना प्रस्तावकबाट प्रस्तुतीकरण लिइने प्रतिष्ठानले जनाएको छ । प्रस्तुतीकरणका लागि एक परियोजनालाई १० मिनेट समय उपलब्ध हुनेछ । प्रस्तुतीकरणको ढाँचासमेत सार्वजनिक गरिएको छ । प्रस्तुतीकरणका बेला उद्यम÷व्यवसायको तस्वीर र दृष्यसमेत खिचेर १ मिनेट बराबर भिडियो अनिवार्य लिनुपर्ने गरी तोकिएको छ ।

प्रस्तुतीकरणमा आफ्नो परियोजनामा कुन पक्षमा नवीनतम सोच राखिएको छ भन्नेबारे स्पष्ट पार्नुपर्ने भएको छ । परियोजनाबाट उत्पादित वस्तु र सेवा बिक्रीको बजार सम्भावना, कच्चापदार्थ र त्यसको आपूर्ति, उपलब्ध पूर्वाधार, हालको रोजगारी र सिर्जना हुने संख्यासहित विवरण राख्नुपर्ने भएको छ ।

कुन-कुन परियोजना छनोट भए ? प्रस्तुतीकरणको मिति कहिले ? (विस्तृतमा)

powered by Advanced iFrame

पालिका प्रेस
थप जानकारी