मकवानपुरको कैलाश गाउँपालिकाको कार्यालयले वडा–वडामै गएर योजना सम्झौता गरिरहेको छ । पालिकाको आर्थिक वर्ष २०८१÷८२ को बिनियोजित बजेटको पहिलो चरणको कार्यादेश आएका सबै योजनाहरूको सम्झौता प्रत्येक वडामा पुगेर घुम्ती शिविर संचालन गरेर गरिरहेको गाउँपालिका अध्यक्ष लोक बहादुर मोक्तानले बताए ।

भौगोलिक विकटता र वडाबाट पालिकाको केन्द्रसम्म पुग्न टाढा पर्ने हुनाले समयमै योजना सम्पन्न गर्ने उद्देश्यले उपभोक्ता समितिलाई कार्य सम्पादनमा सहज गराउन गाउँमै आएर योजना सम्झौता गरिएको हो। “जनताले हेर्दा देखिने र छुँदा भेटिने सरकार भनेको यही हो,” मोक्तानले भने। “स्थानीय सरकारको जिम्मेवारी पूरा गर्दै हामीले उपभोक्ता समितिमा रहेकाहरूको समस्यालाई बुझ्ने प्रयास गरिरहेका छौं।”
वडाबाट पालिकासम्म आउन टाढा र सार्वजनिक यातायात नहुँदा त्यही समस्यालाई मध्यनजर गर्दै पालिकाले वडा–वडामा घुम्ती शिविर संचालन गरेर योजना सम्झौता गरिरहेको छ। घुम्ती शिविरमा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, वडा सचिव, इन्जिनियर लगायत सम्बन्धित शाखाका कर्मचारीहरूको सहभागिता रहेको छ।

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्