हेटौंडामा मुख्य कार्यालय रहेको दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको थाहानगर सेवा केन्द्रको छैटौं इकाईसभा तथा २६ औं साधारणसभा १९ असोजमा भएको छ । संस्थाको थाहानगर सेवाकेन्द्रको संयोजक भरत गोपालीको अध्यक्षतामा सम्पन्न साधारणसभामा बागमती प्रदेश सांसद लक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
साधारणसभामा संचालक समितिका प्रतिनिधित्व गर्दै मुख्य कार्यालय हेटौंडाका सचिव ईश्वर पण्डित, थाहा–३ का अध्यक्ष हिरेन्द्रकुमार रायमाझी, ४ नम्बर वडाअध्यक्ष नारायण लामा, संस्थाका थाहा इकाई सल्लाहकार खड्गबहादुर गोपाली, कृष्णभक्त श्रेष्ठ, संस्थाका वयोवृद्ध सदस्य रामजी कार्की, संस्थाका हेटौंडा सहसचिव निलम बजगाँईलगायतको उपस्थिति थियो ।
कार्यक्रममा प्रमुखअतिथि सांसद श्रेष्ठले संस्थाको वित्तीय प्रगतिको मूल्यांकन उच्चरहेकोले आगामी दिनमा संस्थाको प्रगतिको कामना गर्दै साधारणसभाको सफलताको शुभकामना दिइन् । साधारणसभामा संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै थाहा संयोजक गोपालीले विभिन्न स्थानमा छरिएर रहेका स–साना पुँजीलाई एकीकृत गरी सानै भएपनि राष्ट्रिय पुँजी निर्माण गर्न संस्थाले मद्दत गरेको बताउदै सहकारीसँग सम्बन्धित ऐन कानुनको परिधिभित्र रही सदैव सहकारी अभियानमा आवद्द हुन आग्रह गरे ।
आगामी आर्थिक वर्ष शेयर सदस्य संख्या १५ सय पु¥याउने लक्ष्य रहेको जनाइएको छ । यसवर्ष संस्थाले १७ लाख २० हजार खुद नाफा गरेको र ५ करोड ८० लाखको वार्षिक कारोबार गरेको प्रतिवेदनमा उल्लेख छ । हाल संस्थाको मुख्य कार्यालय सहित सबै सेवा केन्द्रको संयुक्त कारोबारमा शेयर सदस्य संख्या १० हजार ८ सय ३० ऋण सदस्य २ हजार ९ जना, शेयर पुँजी १२ करोड ३८ लाख ६९ हजार ७ सय रहेको छ । बचततर्फ ६८ करोड ३१ लाख ५८ हजार ४ सय रुपैयाँ र बाह्य ऋण ४३ करोड २९ लाख ७ हजार २ सय ५२ रहेको प्रतिवेदनमा उल्लेख छ ।

















































पालिका प्रेस 











प्रतिक्रिया दिनुहोस्