गोकर्णेश्वर नगरपालिका वडा–४ स्थित माकलबारीमा जया देवकोटा मेमोरियल चिडियाघर तथा संग्राहलय स्थापना भएको छ ।
२३ माघमा एक कार्यक्रमको आयोजना गरी गोकर्णेश्वर नगर प्रमुख सन्तोष चालिसेमार्फत सो चिडियाघर तथा संग्राहलयको उद्घाटन गरेका हुन् । चिडियाघर तथा संग्राहलयको उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख चालिसेले जया देवकोटा मेमोरियलले गरेको कामलाई प्रशंसा गरेका छन् । नगरपालिकाभित्र शिक्षण प्रक्रियालाई नयाँ अवधारणा ल्याएर अध्यपन गराएकोमा व्यवस्थापन पक्षलाई धन्यवाद दिदै संग्राहलयलाई राष्ट्रिय रुपमा प्रचारका लागि स्थानीय सरकारबाट आवश्यक सहयोग गरिने प्रतिवद्धतता व्यक्त गरे ।

लामो समयदेखि शैक्षिक क्षेत्रमा सहभागीता जनाउँदै आएको जया देवकोटा मेमोरियलले पछिल्लो समय प्रयोगात्मक शिक्षण सिकाई र विद्यार्थीहरुलाई व्यवहारिक रुपमा परिर्वतन ल्याउन रचनात्मक तथा सिर्जनशील कार्यहरु गर्दै आइरहेको छ । जया स्मृृति अन्र्तगत मनकामना स्कूल, जया मल्टिपल क्याम्पस लगायत शैक्षिक संस्थाहरु सञ्चालन गर्दै काठमाडौँको पूर्वोत्तर भेगमा उत्कृष्ठ जनशक्ति उत्पादन गर्दै आएको छ ।


माकलबारीमा रहेको सो संग्राहलय तथा चिडियाघरमा मानव निर्मित कलात्मक मूर्तिहरु हात्ती, एक सिंगे गैंडा, बाघ, सिंह, डाइनोसर र चिडियाघरभित्र भेडा, खरायो, बाख्रा, टर्की, फाइटर भाले, लोकल भाले, परेवा, लौकाट, कालिज, कडकनाथ, राज हाँस, बट्टाई लगायत जीवित पशुपंक्षिहरु देख्न सकिन्छ । साथै संग्राहलयभित्र हलोजुवा, ठेकी, मदनी, ढिकीजाँदो, थुन्चे, भकारी लगायत थुप्रै हस्ताकला सामाग्रीहरु दृश्यावलोकन गर्न सकिन्छ ।



















































पालिका प्रेस 










प्रतिक्रिया दिनुहोस्