‘दुई वर्ष अघि १४ र १६ पौषमा हिमपात भएपछि १७ पौषमा परेको अंग्रेजी नयाँ वर्षमा पर्यटकहरुले हिउँमा भरपूर रमाइलो गरेका थिए । हिउँले नयाँ वर्षको स्वागत गरे जस्तै भएको थियो’ सिमभन्ज्याङका युवा व्यवसायी अमित पाख्रिन सम्झनछन् । यसवर्ष ११ फागुनमा सिमभन्ज्याङमा परको बाक्लो हिउँको विषयमा जानकारी दिदै अमित भन्छन्–‘यो वर्ष गुड फ्राइडे ।’

‘पर्यटकहरुलाई पनि साँझ हिउँ पर्दा ‘प्लानिङ’ सजिलो हुने रहेछ । एका विहानै हिउँ परे वा दिउँसो हिउँ परे आफ्नो योजनामा कार्यालय वा काममा व्यस्थ भैसक्छन् । बालबालिका स्कूल गैसक्छन्’– अमितले अनुभव सुनाए । यसवर्ष हिउँ बेलुकी पख परेको छ पर्यटकहरु हिउँ खेल्न शुक्रबार भिड लाग्ने अमितको अनुमान छ । सामान्यतया शुक्रबार घुमफिरका लागि निस्कने पर्यटकहरुका लागि सिमभनज्याङ यस पटकका लागि उत्साहित गन्तव्य हुन सक्छ ।

काठमाण्डौं, हेटौंडा र छिमेकी जिल्लाहरुबाट समेत सिमभन्ज्याङ पर्यटकहरुको लागि वर्षेनी हिउँ खेल्ने ठाउँको रोजाइमा पर्ने गरेको छ । गतवर्ष पनि हिउँ नपरेपछि पर्यटकहरुको चाप कम भएको थियो । पर्यटकहरुको मुख्य आकर्षणको रुपमा हिउँ नै रहने हुँदा व्यवसायीहरु पनि हिउँ पर्खिरहेका हुन्छन् ।

यो पनि पढ्नुहोस्ः

मकवानपुरको दामन सिमभन्ज्याङ क्षेत्रमा हिमपात [हेर्नुहोस फोटोहरु]

पालिका प्रेस
थप जानकारी