पालुङ जेसीजको २४ औं पदस्थापना एवम् पुरस्कार बितरण कार्यक्रम भएको छ । २ माघमा थाहानगरको जेसीज हलमा थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्टको प्रमुख आतिथ्यतामा पदस्थापना एवम् पुरस्कार बितरण कार्यक्रम भएको हो । प्रमुख अतिथि बिष्टले युवाहरुको नेतृत्व क्षमताको बिकासका लागि जेसीजसंग समन्वय र सहकार्य गर्न आफु तयार रहेको बताए ।
कार्यक्रममा बर्ष २०२३ का अध्यक्ष संगम कार्कीले वर्ष २०२४ का अध्यक्ष निरज रायमाझीलाई पदभार हस्तान्तरण गरेका हुन् । कार्यक्रमकै अवसरमा बर्ष २०२३ मा संस्थाका पदाधिकारी र सहयोग गर्ने संघ संस्थाहरुलाई सम्मान एवम् पुरस्कार बितरण गरिएको थियो । यसैगरी पदस्थापन कै क्रममा बर्ष २०२४ का लागि निर्वाचित अध्यक्ष निरज रायमाझीलाई बर्ष २०२३ का अध्यक्ष संगम कार्कीले र बर्ष २०२४को पदाधिकारीहरुलाई निर्वाचित अध्यक्ष रायमाझीले पद तथा गोपनियताको सपथग्रहण गराएका थिए । पालुङ जेसीजको १४ पुसमा सम्पन्न साधारणसभामा बर्ष २०२४को लागि अध्यक्ष रायमाझीसंगै कार्यकारिणी उपाध्यक्षमा नारायण तामाङ, मान सिं दोङ र उपाध्यक्षमा स्मिता बिष्ट, बिस्मिता गोपाली, बिराज थापा, नारायण कार्की निर्वाचित भएका थिए ।
बर्ष २०२४ का अध्यक्ष निरज रायमाझीले बर्ष २०२४ लाई सफल बनाउने प्रतिबद्धता सहित पालुङ जेसीजको बिधान अनुसार कानुनी सल्लाहकारमा सुबिन्द्रमान प्रधान, महासचिवमा बिक्रम गोपाली, कोषाध्यक्षमा संजय गोपाली, जनसम्पर्क अधिकारीमा शुसान्त गोपाली, शाखा सम्पादकमा अन्जय प्रधानलाई मनोनित गरेका छन् । त्यस्तै बर्ष २०२४ को तालिम आयुक्तमा अजित कार्की, प्रकरण निर्देशकमा प्रकाश बहादुर चन्द, सचिबमा रोशनी गोपाली र सहकोषाध्यक्षमा अजय कार्कीलाई मनोनित गरेकाछन ।
अध्यक्ष रायमाझीले बर्ष २०२४ का लागि अध्यक्ष पदमा उम्मेद्वारी दिएको अवस्थामा आफुले सार्वजनिक गरेको कार्यक्रमहरुलाई कार्यान्वयन गरी सन् २०२४ लाई उत्कृष्ठ बर्ष बनाउन प्रतिबद्ध रहेको बताए । पदस्थापन कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, थाहा नगर उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष कबिराज खत्री, हेटौंडा जेसीज बर्ष २०२४ का अध्यक्ष बिकेशलाल श्रेष्ठ, चैनपुर जेसीज बर्ष २०२३ का अध्यक्ष गणेशदर्पण अधिकारी, पालुङ जेसीजका संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरु लगायत स्थानीय संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु आथित्यता रहेको थियो ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्