रुपचन्द्र बिष्ट (रुदाने) को ९० औं जन्मोतसवको अवसरमा उनको गृहनगर थाहामा थाहा दिवस मनाइएको छ । थाहा आन्दोलनका प्रणेताका रुपमा परिचय स्थापित गरेका थाहा दर्शनका प्रवर्तक विष्टको सम्झनामा थाहा नगरपालिकाको शिखरकोटमा एक समारोहको आयोजना गरी दिवस मनाइएको हो । फरक सोच अभियानको आयोजनामा भएको कार्यक्रममा थाहा नगरपालिकाको ३ नम्बर वडाले सहयोग गरेको थियो ।
विष्टको शालिक रहेको विकास घर प्राङ्गणमा भएको कार्यक्रममा उनको पूर्णकदको शालिकमा माल्यार्पण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी तथा नगर प्रमुख बिष्णु बहादुर विष्टले रुदाने जनताको चेतना जगाउने, जनमुखी विकासप्रेमी महान व्यक्ती भएको सम्झना गरे । बिष्टले रुदानेलाई कुनै पनि पार्टीको मात्र नभई उहाँको दर्शनलाई सबै पार्टीले अंगाल्नू अहिलेको आवश्यकता भएको औल्याए ।

कार्यक्रममा वर्षेनी फरक सोचले दिदै आएको थाहा पत्रकारिता पुरस्कार सुजन ढकाल र राजकुमार केसीले पाएका छन् । उनीहरुलाई नगदसहित सम्मान गरिएको हो । तिर्थ दास श्रेष्ठ स्मृति सामाजिक सम्मानबाट सेवा निवृत्त शिक्षक कृष्ण बहादुर बिष्ट सम्मानित भएका छन् । ४० वर्ष अध्ययापन गरेर शिक्षक विष्ट जनकल्याण माध्यामिक विद्यालयबाट सेवानिवृत्त भएका हुन् ।
थाहानगरको ३ नम्बर वडाध्यक्ष हिरेन्द्र कुमारर रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा फरक सोचका अध्यक्ष यादव जंग रायमाझीले कार्यक्रमको विषयमा प्रकाश पारेका थिए । थाहा नगर उपप्रमुख भरत गोपालीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा जनमुखी सहकर्मीहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्