लियो क्लव अफ पिस थाहाले सातौं स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा संस्थापक अध्यक्ष अनित बिष्टलाई सम्मान गरिएको छ । कार्यक्रममा प्रमुख अथिति लायन्स क्लव अफ थाहाका सल्लाहकार तथा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले लियो क्लव पिस थाहाको सामाजिक कार्यप्रतिको सकृयताको उच्च सम्मान गर्दै नगरपालिकाले क्लवका हरेक गतिविधिहरुमा आवश्यक सहकार्य गर्ने प्रतिवद्धता जनाए ।
गोपालीले भने “यस्तो संस्था चलाएर राम्रो राम्रो कार्य गरेर देश र समाजको लागि केही गर्छु भन्ने यस क्लबका सदस्यहरुप्रति गर्वको अनुभति भएको छ । ’ समाज परिवर्तनका लागि सबै एकजुट भएर लाग्नुपर्ने उनको भनाइ रहेको थियो।
लियो क्लव अफ पिस थाहाको अध्यक्ष रोशनी गोपालीको अध्यक्षतामा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा सम्पन्न कार्यक्रममा लायन्स क्लव अफ पिस थाहाका संस्थापक अध्यक्ष तथा लायन्स क्लव अफ ३२५ एम नेपालका डिष्टिक को– चिफ लायन सुरेन्द्रमान प्रधानको बिशिस्ट आतिथ्यता रहेको थियो भने लियो ३२५ एम डिष्टिक काउन्सिलका डिस्ट्रीक प्रेसिडेन्ट लियो अस्विन खतिवडा,ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख श्याम थापा मगरलगायत लियो, लायन्सका पुर्व अध्यक्ष हरुको सहभागिता रहेको थियो।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्