नदिजन्य तथा खानीजन्य (ढुंगा, गीट्टी,बालुवा) अनुगमन समिति मकवानपुरको बैठक २० मंसिरमा बसेको छ । समितिका संयोजकसमेत रहनु भएका जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेको छ ।

बैठकले जिल्लामा बाँकी रहेका स्थानीय तहहरुको स्टक प्रमाणित गर्नुका साथै चोरी निकासीलाई निरुत्साहित गर्न जिल्ला भरी जरीवानामा एक रुपता ल्याउने निर्णय गरेको प्रमुख खुलालले जानकारी दिए ।
बैठकले जिल्लाको मनहरी गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाका निकुञ्ज क्षेत्रमा वातावरणिय प्रभाव भुल्याङकन (आईई) का सम्बन्धमा देखिएको समस्या समाधानका लागि आवश्यक समन्वय, सहजजिकरणका लागि सम्बन्धीत निकायलाई अनुरोध गर्ने निर्णय गरेको प्रमुख खुलालले बताए ।

बैठकमा थाहा नगरपालिकाका उपमेयर खड्ग गोपाली, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाई, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, कैलाश गाउँपालिकाका कार्यबाहक अध्यक्ष सुकुमाया थिङ, समितिका सदस्यहरु प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, प्रहरी उपरिक्षक सुरेन्द्र शहादुर गुरुङ, शसस्त्र प्रहरीका प्रमुख निरकृष्ण अधिकारी, डिभिजन वन कार्यालय मनहरीका प्रमुख विष्णु प्रसाद आचार्य, डिभिजन वन कार्यालय हेटौंडाका निमित्त प्रमुख बसन्तराज गौतम, समन्वय अधिकारी आनन्दराज पोखरेललगायतको सहभागिता थियो ।