मकवानपुरको राक्सिराङ गाउँपालिकाले गाँजा वैधानिक गर्नका लागि अर्थ मन्त्री प्रकाशशरण महत समक्ष ध्यानाकर्षण पत्र बुझाएको छ। ३ मंसिरमा नेपाली कांग्रेस मकवानपुरको जिल्ला भेलालाई सम्बोधन गर्न हेटौंडा आइपुगेका मन्त्री महतलाई गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र राक्सिराङ गाउँपालिका कांग्रेस सभापति विरेन्द्र जिम्बाले गाँजाको वैधानिकता सम्बन्धि ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

प्राकृति बरदान गाँजा उपयोग बिक्रि उत्पादन गर्न राज्यले वैधानिक देउ की विकल्प देउ भन्दै आफूहरुले अर्थमन्त्रीलाई ध्यानाकर्षण गराइएको गाउँपालिका अध्यक्ष मल्लले जानकारी दिए । २०२८ सालसम्म इजाजत पत्र लिएर नै गाँजा तथा अफिम खेति गरिदैं आएको र २०३३ सालबाट गैरकानुनी खेतिको घोषणा गरिएको भन्दै पुनः गाँजा खेतिलाई वैधानिकता दिन आग्रह गरिएको अध्यक्ष मल्लको भनाइ छ ।

भौगोलिक विकटता र सिंचाईको सुविधा नभएको राक्सिराङमा गाँजा खेतिको सम्भाव्यता रहेको र यसलाई राज्यले वैधानिकता दिए राक्सिराङका नागरिकलाई आयआर्जनको बाटो खुल्ने बताइएको छ । यहाँका किसानहरुले उल्लेख्य रुपमा गाँजा तथा अफिम खेति गर्दै आए पनि प्रहरीले पटक÷पटक फडानी गर्दै आएको छ ।

पालिका प्रेस
थप जानकारी