प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही मंसिर शनिवार हेटौंडा आउने भएका छन् । मानवसेवा आश्रमको नवनिर्मित भवनको समुद्घाटन समारोहमा प्रमुख आतिथ्यता गर्ने गरी प्रधानमन्त्री प्रचण्ड हेटौंडा आउने भएका हुन् । मानवसेवा आश्रमले बिहीबार आयोजना गरेको वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै आश्रमका अध्यक्ष रामजी अधिकारीले प्रचण्डसहित गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महतलगायतको उपस्थितिमा भवन उद्घाटन गरिने जानकारी दिए ।
३० गते बिहान ८ बजे भवन उद्घाटन गर्नेगरी कार्यतालिका तय गरिएको उनले बताए । आश्रमले गत आर्थिक वर्ष २०७९÷८० मा मुख्य कार्यालयको भवन निर्माण समपन्न गरेको, आवश्यकताका आधारमा छुट्टाछुट्टै भवनमा बालगृह सञ्चालन गरिएको, ज्येष्ठ नागरिक मनोरञ्जन केन्द्र निर्माणको कार्य सुरु गरिएको, बगैंचाको निर्माणलगायतका कामहरु भएको प्रतिवेदनमा उल्लेख छ । आश्रमले हालसम्म १ हजार ५ सय ८१ सहयोगापेक्षी सडक आश्रित मानवको उद्दार गरेको जनाइएको छ । त्यस्तै ८ सय ३६ पारिवारिक पुनर्मिलन, १ सय ८४ शरीर शान्त, ५१ सामुदायिक पुनर्मिलन र ३४ जनाको पुनःउद्दार गरिएको बताइएको छ । ४ सय २० जनाले स्वेच्छाले आश्रम छोडेर गएको विवरण प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष २०७९/८० मा २४ महिला र ३१ पुरुष गरी ५५ जना सडकआश्रित मानवको उद्दार गरिएको थियो । सोही आर्थिक वर्षमा १८ जनाले स्वेच्छाले आश्रम छाडेर गएका छन् भने २३ जनाको पारिवारिक पुनर्मिलन र ४ जना समुदायमा पुनस्र्थापना भएका छन् । गत आर्थिक वर्षमा मानवता प्रर्वद्धनका लागि नेपथ्य लाईभ कन्सर्ट, आमा सेमिनार, नियमित उत्प्रेरणात्मक कार्यक्रम सञ्चालन र संस्थागत सहकार्य जस्ता कार्यक्रमहरु भएको अधिकारीले जानकारी दिएका छन् । ‘हामीले साप्ताहिक रुपमा सडक अवलोकन, सहयोगापेक्षीको खोजी, उद्दार, संरक्षण र पारिवारीक पुनर्मिलन कार्य गरीरहेका छौं ।
स्वास्थ्य शिविर संचालनलन र बालबालिकाका लागि शाखाभित्रै अतिरिक्त क्रियाकलापहरु समयसमयमा गरिरहेका छौं’–अध्यक्ष अधिकारीले बताए । आश्रमलाई थप सुरक्षित बनाउन सीसी टिभी जडान गरिएको व्यहोरा उनले अवगत गराए । आश्रममा २ करोड ४७ लाख ५६ हजार १ सय ५० रुपैयाँ दान तथा चन्दा उपलब्ध भएको आश्रमको प्रतिवेदनमा उल्लेख छ । २ करोड ९२ लाख ४७ हजार ४३ रुपैयाँ कुल आम्दानी भएकोमा ३ करोड ७१ लाख ९१ हजार ७ सय ९७ रुपैयाँ कुल खर्च भएको व्यहोरा प्रतिवेदनमा उल्लेख छ । त्यस्तै भौतिक संरचना निर्माणका लागि १ करोड १७ लाख ७३ हजार ५ सय ७० रुपैयाँ सरकारी निकायबाट सहयोग भएको छ भने जनस्तरबाट ११ करोड ९१ लाख २६ हजार ९ सय ५९ रुपैयाँ संकलन भएको जनाइएको छ । अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईँ, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरीउपरीक्षक सीताराम रिजाल, शसत्र प्रहरी उपरीक्षक अनिल कार्की, सामाजिक विकास मन्त्रालय बागमती प्रदेश महाशाखा प्रमुख चन्दा व्यञ्जनकार, सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख अमृत अधिकारी हेटौंडा–९ का वडासदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्