चिप्स आलु बिउ उत्पादन कार्यक्रमका लागि मकवानपुरको थाहा नगरपालिकाले किसानहरुसंग प्रस्ताव मागेको छ । पालिकाको कृषि विकास शाखाले १ भाद्रमा सूचना प्रकाशित गरी चिप्स आलुको बिउ उत्पादनमा ५० प्रतिशत अनुदानका लागि प्रस्ताव आव्हान गरेको हो ।
चालु आर्थिक वर्ष २०८०।०८१ स्वीकृत वार्षिक कार्यक्रम अनुसार चिप्स आलु बीउ उत्पादन कार्यक्रम संचालनका लागि कृषि शाखाले नगरपालिका भित्रका इच्छुक कृषक समूह, कृषि सहकारी, कृषि फर्म र कृषि कम्पनीहरुका लागि ३० दिने सूचना मार्फत प्स्ताव पेश गर्न आग्रह गरिएको शाखा प्रमुख संजय तिवारीले जानकारी दिए ।
कार्यक्रम अन्तर्गत ५ लाख रुपियाँ अनुदान वितरण गरी ४ वटा क्लष्टरमा गरी १ सय ३३ रोपनीमा कार्यक्रम संचालन गर्ने लक्ष्य रहेको तिवारीले जानकारी दिए ।
कार्यक्रमका लागि प्रस्ताव आव्हान गर्दा निवेदनको साथ दर्ता प्रमाणपत्रको दुवैतिर देखिने गरी प्रतिलिपि, बैठकको निर्णय, कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित वडा कार्यलयको सिफारिस पत्र, आलु बीउ उत्पादनसम्बन्धी ५ वर्षे बाली उत्पादन चक्र, जग्गाको क्षेत्रफल र स्वामित्व वा भोगचलन खुल्ने प्रमाणको प्रतिलिपि पालिकामा बुझाउनुपर्ने छ ।
हेर्नुहोस् सूचनाः



















































पालिका प्रेस 












प्रतिक्रिया दिनुहोस्