इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक दुर्गा खनाल सरुवा भएका छन् । खनाल बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुली सरुवा भएका हुन् । ३० साउनमा खनालको सरुवा भएको हो ।

इलाका प्रहरी कार्यालय पालुङमा भने प्रहरी निरीक्षक श्याम थापा मगर आउने भएका छन् । मगर प्रहरी वृत्त नयाँबानेश्वर काठमाण्डौ अपराध नियन्त्रण शाखाबाट सरुवा भई पालुङ आउने भएका हुन् । नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले ३० साउनमा नेपाल प्रहरीका ९ सय ५८ प्रहरी निरीक्षकको सरुवा गरेको हो । यस्तै, कार्यालयले ६४ जना प्रहरी निरीक्षकको पदस्थापनसमेत गरेको छ ।

हेर्नुहोस सरुवा विवरणः

powered by Advanced iFrame

पालिका प्रेस
थप जानकारी