प्युठान (ठुलाबेसी) । प्युठानको गौमुखी गाउँपालिकाले बजार अनुगमन कार्य थालनी गरेको छ । गौमुखी गाउँपालिका वडा नम्बर ५ र ७ वडाको नारिकोट र खुङ्गमा रहेका स्थानीय पसलहरुमा अनुगमन गरिएको हो ।
गौमुखी गाउँपालिका गाउँसभाको पन्ध्रौं अधिवेशनले गरेको निर्णय अनुसार श्रावण १ गतेदेखि गाउँपालिका क्षेत्र भित्र बजारमा कमसल गुणस्तरका अर्थात (४० युपी भन्दा माथीका) मदिरा बिक्रीवितरणमा रोक लगाइएको गौमुखी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्ग प्रसाद सुबेदीले बताए ।

बजार अनुगमनलाई प्रभावकारी बनाइ कार्यान्वयनमा ल्याउन बजार अनुगमनको कार्यलाई तिब्रता दिन लागिएको गौमुखी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्ग प्रसाद सुबेदीले जानकारी दिए । बजारमा अखाद्य बस्तु तथा मिति गुर्जेका लेभल नगरेको सामाग्री बिक्रीवितरण गर्नाले नागरिकको स्वास्थ्य असर गर्ने भएको भन्दै यस्ता सामाग्री बिक्रीवितरणमा रोक लागाउनको लागि बजार अनुगमन कार्यलाई प्राथमिकता दिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत सुबेदीले बताए ।

२१ साउनमा नारिकोट खुङ्गका स्थानीय बजारका ४० पसल अनुगमन गरिएको थियो । बजार अनुगमनको क्रममा केही पसलमा ४० युपि भन्दा माथिको भोड्का, लोकल डायमन र पलास्टिक बोटलमा पाइने कस्तुरी जस्ता मधिरा भेटिएकोले त्यस्ता मधिरा नियन्त्रणमा लिएर नष्ट गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत सुबेदीले जानकारी दिए । पहिलो फेसमा बजार अनुगमन गर्दा कतिपय ब्यापारीले मिति गुर्जेको सामन बिक्री वितरण गरेको पाइएकोले त्यस्ता सामाग्री जफत गरि नष्ट गर्ने आइन्दा यस्ता मिति गुर्जेका सामाग्री बिक्रीवितरण नगर्न सुझाव दिएको सुवेदीको भनाइ छ ।
हरेक महिनाको १५,१५ दिनमा पालिका भरका स्थानीय बजार अनुगमन गरिने पालिकाले जानाएको छ ।

अनुगमन वडा अध्यक्ष जनप्रतिनिधि बजार प्रतिनिधि प्रहरी र कर्मचारीको सहभागितामा बजार अनुगमन गरिएको थियो ।

पालिका प्रेस
थप जानकारी