थाहा नगरपालिका वडा नम्बर ३ ले आर्थिक वर्ष २०८०/०८१ का लागि स्वीकृत बजेटको योजना कार्यान्वयनका गर्न उपभोक्ता समिति गठनका लागि आव्हान गरेको छ । वडा कार्यालयले यही साउन महनिाभित्र उपभोक्ता समिति गठन गरिसक्ने गरी कार्ययोजना सार्वजनिक गरेको छ ।

वडा कार्यालयले ९ साउनमा सूचना प्रकाशन गरी वडाको विभिन्न पाँच स्थानमा उपभोक्ता भेलाका लागि आव्हान गरेको वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझीले जानकारी दिए । वडा कार्यालयले साउन १५ गते विहान ७ बजे दम्की, १६ गते विहान ७ बजे बागेखोला, १७ गते विहान ७ बजे डाँडागाउँ, १८ गते विहान ७ बजे गोपाली गाउँ र १९ गते विहान ७ बजे विकास घर शिखरकोटमा उपभोक्ता भेलाको आयोजना गरिएको अध्यक्ष रायमाझीले जानकारी दिए ।

स्वीकृत योजनालाई समयमै सम्पन्न गर्नका लागि कार्ययोजनासहित प्रक्रिया अघि बढाइएको अध्यक्ष रायमाझीले जानकारी दिए । वडा कार्यालयले गरेको सूचना अनुसार उपभोक्ता समिति गठनका लागि तोकिएको स्थान र समयमा उपस्थित हुन वडा कार्यालयले वडाबासीहरुमा अनुरोध गरेको छ ।

पालिका प्रेस
थप जानकारी