थाहानगर क्षेत्रमा घर नम्बरिङ कार्य शुरु गर्ने नगरपालिकाको नीति पारित भएको छ । आउँदो आर्थिक वर्षमा कम्तीमा ३ वटा वडाबाट यसको शुरुवात गर्ने पालिकाको नीति छ । कर तथा राजश्व संकलन गर्न निजी क्षेत्रसंग सहकार्य गर्ने पालिकाको नीति रहेको छ ।

पालिकाको चालू खर्च नियन्त्रण गर्ने, कर प्रणालीमा सुधार ल्याउने, नयाँ करको संभावनाहरु पहिचान गरी करको दायरा विस्तार गर्ने थाहाको नीति छ । विद्यमान करका दरहरु पुनरावलोकन गरी करमा सहभागिता बढाउने नीति थाहानगरको छ ।

नगरभित्रका बैंक तथा वित्तीय संस्थाहरुको सि.एस.आर. रकममा सहकार्य गरी राजश्व वृद्धि गर्न सकिने क्षेत्रमा लगानी गर्ने, नगरको आयश्रोत अभिबृद्धिको निम्ति प्राकृतिक श्रोत व्यवस्थापनमा जोड दिने, होटल एशोसिएशनको समन्वयमा पर्यटन शुल्क लगाउन आवश्यक नीति निर्माण गर्ने नगरपालिकाको नीति छ ।

यो पनि पढ्नुहोस्

थाहानगरको नीति तथा कार्यक्रम पारित [पढ्नुहोस् पूर्णपाठ]

पालिका प्रेस
थप जानकारी