मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतान र वडा नम्बर २ का वडा अध्यक्ष बखान सिह पाख्रिनले ३० जेठमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ को अस्थाई प्रहरी पोष्ट जितपुर मकवानपुरगढी निर्माणाधिन जग्गाको स्थलगत अनुगमन तथा निरीक्षण गरी त्यहाँका वस्तुस्थितिका बारेमा जानकारी लिएका छन् ।

लामो समयदेखि अस्थाई प्रहरी पोस्ट जितपुरका सुरक्षामा खटिएका प्रहरीहरु पुरानो भबन जस्ताको छाना मुनि र काठको कत्तरमा बस्न बस्दै आईरहेको थिए । अनुगमनका क्रममा अध्यक्ष लामाले प्रहरीका लागि आवश्यक पर्ने भौतिक संरचना र प्रविधि तथा आवश्यक जनशक्तिका बारेमा चासो लिदै स्थानीय सरकारले प्रहरी संग हातेमालो गर्दै अघि बढ्ने बताएका छन् ।

पालिका प्रेस
थप जानकारी