रोजगारीको अभाबमा रहेका महिलाहरुलाईं रोजगारीमा ल्याउँदै आर्यआर्जनमा जोड्नका लागि हेटौंडामा सञ्चालन भएको बिभिन्न तालिमको समापन भएको छ ।
हेटौंडा उपमहानगरपालिकाको सहयोगमा गरिबी निवारणनका लागि लघुउद्यम कार्यक्रम (मेडपा) सञ्चालन गरेको बरफ, वेकरी र धुप बनाउँने तालिमको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले समापन गरेकी हुन् ।
तालिमको समापन गर्दै नगर प्रमुख लामाले सिकेको सिपलाई निरन्तरता दिर्दै आय आर्जनमा जोडिन सुझाब दिइन् । उनले सिपले मानिसलाई आत्मनिर्भर बनाउँने भन्दै काम गर्ने क्रममा अहसज अवस्था आए उपमहानगर सहयोग गर्न तयार रहेको बताइन् । उनले भनिन् ‘काम सुरु गरेसँगै तालिमको औचित्य पुष्टि हुन्छ ।’ तालिमले मानिसलाई तिर्खार्दै लैजाने भन्दै नगर प्रमुख लामाले अहिले सिकेको सिपलाई व्यवहारमा उर्तार्दै लगे पछि फेरी आवश्यक तालिमको व्यवस्थापन उपमहानगरले गर्ने बताइन् ।
तालिममा बरफ तथा बेकरी सम्बन्धी सन्दिप न्यौपाने र धुपको बारेमा रिता श्रेष्ठले प्रशिक्षण दिएका थिए । सहभागीले तालिम लिएपनि प्रयाप्त सिक्न र बनाउँने तरीकाको बारेमा जानकारी लिन नपाएको गुनासो गरेका थिए । उनीहरुले तालिमलाई थप प्रयोगात्मक बनाउनका लागि प्रशिक्षण थप्न जरुरी रहेको बताए । समापनमा हेटौंडा उपमहानगरका कानुनी सल्लाहकार इश्वराज ढकाल, उपमहानगरका उद्योग तथा सहकारी शाखाका प्रमुख हिमप्रसाद पौडेल लगायतको आतिथ्यता रहेको थियो ।

















































पालिका प्रेस 












प्रतिक्रिया दिनुहोस्