हेटौंडा वडा नम्बर-६ चुच्चेखोलामा रहेको घर टहरा भत्काउन ७ दिने सुचना जारी भएको छ।
६ नम्बर वडाभित्र कान्तिलोकपथ सडक खण्डमा पर्ने घर टहरा भत्काउन ६ नम्बर वडा कार्यालयले ७ दिने सुचना प्रकाशित गरेको हो।
सडकखण्ड निर्माणका लागि सडकको दायाँ बाँयाका सडकको क्षेत्राधिकार भित्र पर्ने घर टहरा भत्काउन सुचना जारी गरिएको हो।कार्यवाहक वडाअध्यक्ष विजय पौडेलद्वारा हस्ताक्षरित सुचनामा सडकको क्षेत्राधिकार भित्र पर्ने घर टहरा भत्काउन भनिएको हो । वडा नम्बर-१७ ले सोही सडकखण्डको चुच्चेखोला क्षेत्राधिकार भित्र पर्ने घर टहरा भत्काउन २१ दिने सुचना प्रकाशित गरेको थियो।


















































पालिका प्रेस 












प्रतिक्रिया दिनुहोस्