यहि ४ मंसिरमा हुने प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनका लागि मकवानपुर जिल्लामा ३ हजार जना कर्मचारी खटाइएको छ । ३ हजार जना कर्मचारी मध्यमा ५ सय जना सहायक स्तरका शिक्षकहरुलाई पनि खटाइएको छ । हेटौंडामा रहेका विभिन्न मन्त्रालय, जिल्ला स्तरका कार्यालय र स्थानीय तहसमेत गरेर २ हजार ५ सय जना कर्मचारी र अरु पाँच सय जना सहायक स्तरका स्थायी शिक्षकहरुलाई चुनावमा खटाउन लागिएको मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए ।
मकवानपुरका प्रत्येक मतदान केन्द्रमा निर्वाचनका लागि कर्मचारीहरु खटाइएको हो । स्थानीय तहको चुनावमा भन्दा अहिले प्रदेश र प्रतिनिधीसभाको चुनावमा धेरै कर्मचारी यस जिल्लामा खटिने भएका हुन् । निर्वाचनमा मतदान केन्द्रमा खटिएका कर्मचारीलाई २८ र २९ कात्तिकमा निर्वाचनका सामाग्री जिम्मा लगाएर पठाउने तयारी भएको निर्वाचन अधिकृतको कार्यालयले गरेको छ ।
हेटौंडा उपमहानगरपालिका क्षेत्रमा उपसचिब स्तरमा मतदान अधिकृत रहेका छन् भने अधिकृत स्तरका सहायक अधिकृत खटिएका छन् । जिल्लाको गाउँ गाउँमा भने अधिकृत तहका मतदान अधिकृत खटाइएको छ भने नायव सुव्बा तहका कर्मचारीलाई सहायक अधिकृतको रुपमा खटाइएको छ । शिक्षकहरुलाई भने सहायक स्तरका कर्मचारीको रुपमा मात्र खटाइएएको उनले बताए ।
यसैबीच चुनावका लागि निर्वाचन अधिकृतको कार्यालयले कार्तिक २६ र २७ गते चुनावमा खटिने निर्वाचन अधिकृत र सहायक अधिकृतको तालिम दिन लागेको छ । चुनावमा गर्नुपर्ने सबै कामका विषयमा जानकारी दिएर उनीहरुलाई खटाउन लागिएको मुख्य निर्वाचन अधिकृत निरौलाले बताए ।
जिल्लाका एक सय २ वटै वडाका हरेक मतदान केन्द्रमा खटिने ७ सय २८ जना मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम दिन लागिएको उनले बताए । तालिम दिइसकेपछी उनीहरुलाई २८ र २९ गते मतदानका दिन चाहिने सामाग्री दिएर सम्वन्धीत मतदान केन्द्रमा खटाइने उनले बताए । मंसिरको १ गते सम्म निर्वाचनका लागि खटाइएका सबै कर्मचारी सम्वन्धीत मतदान केन्द्रमा पुगिसक्नुपर्ने छ ।
यसैबीच मकवानपुर जिल्लामा मात्र ३ हजार २ सय सुरक्षार्की परिचालन गरिने भएको छ । चुनावका लागि जनपथ प्रहरी, म्यादी, ससस्त्र प्रहरी र नेपाली सेनालाई प्रत्यक मतदान केन्द्रमा खटाउने तयारी भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले वताए । मकवानपुरका एक सय ६७ वटा मतदान स्थललाई केन्द्रीत गरेर सुरक्षाकर्मी परिचालन गर्न लागिएको उनले बताए । चुनावका लागि पहिलो घेरामा म्यादी र जनपथ प्रहरी, दोस्रो घेरामा ससस्त्र प्रहरी र मतदान स्थलवरपर गरेर तेस्रो घेरामा नेपाली सेना खटाइने पाण्डेले वताए ।
सबै भन्दा धेरै म्यादी प्रहरी एक हजार ६ सय ९९ जना, जनपथ प्रहरी एक हजार ६९ जना, ससस्त्र प्रहरी ४ सय जना, जना र अरु नेपाली सेना खटाउने तयारी गरिएको बुझिएको छ । चुनावलाई स्वस्छ, निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि ठुलो सख्यामा सुरक्षा कर्मी परिचालन गर्न लागिएको हो । सुरक्षाकर्मीकै निगरानीमा हरेक मतदान केन्द्रमा काम गरिने छ । बिशेषगरी मतदान केन्द्र, मतपेटिका, मतपत्रको सुरक्षामा प्रहरी परिचालन गरिने भएको छ ।
सबै सुरक्षाकर्मीले मतदान केन्द्रको सुरक्षा गर्ने, गस्ती गर्ने लगायतका काम गर्नेछन् । अहिले निर्वाचन आचारसंहिता उलंघन भए नभएको अनुगमनमा पनि परिचालन गरिएको छ । ससस्त्र प्रहरी र नेपाल प्रहरी मकवानपुरका मतदान स्थल वरपरको सुरक्षाका लागि खटाइसकिएको छ । अब नेपाल प्रहरी र म्यादी प्रहरी भने मतदान अधिकृत, सहायक अधिकृत र कर्मचारीहरुसंग मतपत्र लगायतका सामाग्रीहरु लिएर पठाइने तयारी मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरको दश स्थानीय तह मध्यमा भौगोलिक विकटता, सडक सञ्जाल नपुगेको स्थान, बेलाबेलामा झैझगडा तथा बदमासी हुने ठाउँ, विभिन्न जातजातिको बसोवास भएको लगायतका आधारमा मतदान स्थललाई अति संवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरिएको छ । अति संवेदनशील मानिएको स्थानमा निर्वाचन विरोधी गतिविधि हुन नदिन थप सुरक्षाकर्मी खटाइएको छ । निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण र भयरहित रुपमा सम्पन्न गराउन म्यादी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिने भएको छ। मकवानपुरमा नेपाल प्रहरीहरु खटिराखेका कारागार, जिल्ला प्रशासन कार्यालयजस्ता ठाउँमा प्रहरीलाई नेपाली सेनाले निर्वाचन भरी पालो दिएर त्यो जनशक्ति पनि निर्वाचनमा खटाइएको छ ।
जिल्लाको १० वटै स्थानीय तहको निर्वाचन स्थलमा सेना र सशस्त्र प्रहरी बल खटाउन सुरु गरिएको छ । जिल्लाको क्षेत्र नम्बर १ को (क) मा ७७ हजार ९८९ जना र (ख) मा ७२ हजार १६६ मतदाता छन् । त्यस्तैग क्षेत्र नम्बर २ को –क) मा ८३ हजार ०९९ जना र (ख) मा ६७ हजार ४७९ गरेर ३ लाख ७३३ जना मतदाता रहेको बागमती प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
मकवानपुर क्षेत्र नम्बर १ अन्तर्गत खटिएका कर्मचारीहरुः
मकवानपुर क्षेत्र नम्बर २अन्तर्गत खटिएका कर्मचारीहरुः

















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्